समाचार

१६५ जना बोकेर काठमाडौंबाट दुबई उडेका उडिरहेको नेपाल वायु सेवा निगमको जहाजमा मस्त निदाईरहेका पाइलट

२४ वैशाख, काठमाडौं । यो तस्वीर हेर्नुस् त, यी नेपाल वायु सेवा निगमका पाइलट हुन् । पाइलटले लगाउने टोपी भित्तामा झुण्ड्याएका छन् । घाँटीमा सिरानी अड्डाएर ककपिटभित्रै निदाइरहेका छन् । घर वा होटलभित्र निदाएको भए त ठीकै थियो तर यी पाइलट हवाइजहाज उडाइरहेका बेला विमानभित्रै निदाएका हुन् ।हवाइजहाजको ककपिटभित्रै पाइलट निदाएको विदेशी समाचार त हामीले पढ्दै आएका हौं, तर यो तस्वीर राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको पाइलटको हो । यी पाइलट हुन् क्याप्टेन नागराज शंकरमूर्ति । र, यो तस्वीर हो, एयरबस ३२० न्यारोबडी जहाजभित्र ककपिटमा खिचिएको ।काठमाडौंबाट दुबई उडेका बेला नागराज मस्त निदाइदिए । र चालक दलका सदस्यसहित १६५ जनाको ज्यानको जिम्मा को–पाइलटकाे भरमा छाडिदिए ।नेपाल एयरलाइन्समा आउनुअघि हिमालयन एयरलाइन्समा कार्यरत थिए नागराज । हिमालयन

एयरलाइन्समा पनि उनी त्यस्तै गर्दथे । त्यसैले सुरक्षामा संवेदनशील नदेखिएको भन्दै हिमालयन एयरलाइन्सले बर्खास्त गरेको थियो । त्यसपछि उनी नेपाल एयरलाइन्समा आएका हुन् । आफूलाई निष्काशन गरेकोमा हिमालय एयरलाइन्सविरुद्ध उनले अदालतमा मुद्दासमेत हालेका थिए । नागराज भारतीय नागरिक हुन् ।हालै गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै वरिष्ठ पाइलट विजय लामालाई निगम व्यवस्थापन पक्षले प्रवक्ताबाट हटाएको थियो । तर, ककपिटभित्रै निदाइदिने नागराजलाई भने केही नगरेको भन्दै नेपाल एयरलाइन्सका कर्मचारीहरु रुष्ट छन् ।नेपाल एयरलाइन्सका एक कर्मचारी भन्छन्, ‘मुख्य पाइलट हुन् नागराज, उनी ककपिटभित्रै चुरोट पिउँछन् । त्यतिमात्रै होइन, हरेक उडानमा निदाइदिन्छन् । यस्तो गम्भीर लापरवाही हुँदा पनि नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्स चुप लागेर बस्नु आश्चर्यजनक छ ।’

कस्तो अवस्थामा पाइलट निदाउन पाउँछन् ?

कतिपय देशमा पाइलटहरुलाई ककपिटमा सुत्नका लागि अनुमति दिइएको हुन्छ । सामान्यतः लामो उडानमा त्यस्तो गर्ने गरिन्छ, जहाँ ३ या ४ जना पाइलटहरु हुन्छन् । अमेरिकाको सन्दर्भमा कम्तिमा दुईजना पाइलट जागेको अवस्था हुनुपर्छ । त्यो स्थितिमा अन्य एक वा दुईजना पाइलट सुत्न सक्छन् ।रातभरि चल्ने प्लेनमा कम्तिमा एकजना पाइलट जागा रहेको अवस्थामा अर्को सुत्न सक्छ । जस्तो कि पिसाव लाग्यो भने उसले अर्को पाइलटलाई छाडेर ट्वाइलेट जान सक्छ । यसबाट अनुमान गरिन्छ कि प्लेनमा एकभन्दा बढी पाइलट जागा हुनैपर्छ ।आजभन्दा ५ महिना अगाडि गार्जियनले लेखेको एक समाचार अनुसार अष्ट्रेलियामा डेभेनपोर्ट तस्मानियादेखि बास स्ट्रेटको किङ आइसल्याण्डका लागि उडेको जहाजका पाइलट निदाउँदा प्लेन गन्तव्यभन्दा ४६ किलोमिटर टाढा पुगेको थियो । अनलाइन खबर बाट

Related Articles

Back to top button