मनोरंजन

मोटरसाइकल दुर्घटना छोराको मृत्यु बुवा घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणीमा आज मोटरसाइल दुर्घटनामा परी २३ वर्षीय युवकको मृत्यु भएको छ ।कैलालीको अत्तरियाबाट झलारीतर्फ आउँदै गरेको म१प ७२९१ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शुक्लाफाँटा नगरपालिका–४ असैनाका वीरेन्द्र रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो मोटरसाइकल अनियन्त्रित भई सडक नजीकको पोलमा ठोक्किँदा सख्त घाइते भएका रानाको उपचारका लागि कैलालीको पद्मा अस्पतालमा पुर्याएपछि मृत्यु भएको उहाँले बताउनुभयो ।मोटरसाइकल पछाडि बसेका मृतकका बुवा ५० वर्षीय सुका रानासमेत घाइते भएका छन् । घाइते रानाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । रानाको शवपरीक्षणका लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा राखिएको छ ।प्रकाशित : आइतबार, असार १५, २०७६१९:००काठमाडाैं । वर्तमान सरकार फासिवादी बन्दै गएको भन्दै एक समूहले सरकारको विरोधमा आगामी २२ असारमा नेपाल बन्द घोषणा गरेको छ यसअघि अस्तित्वमा नरहेको नेकपा माओवादी नामको समूहले नेपाल बन्द आह्वान गरको हो । सो पार्टीका मध्य कमाण्ड इन्चार्ज सगुनको नामबाट जारी विज्ञप्तिमा वर्तमान सरकारले नेपाली जनतामाथि युद्धको भारी बोकाउने चेष्टा गरिरहेको उल्लेख छ सरकारका कारण मुलुकको राष्ट्रियता र स्वाधीनता नै धरापमा परेको आरोप विज्ञप्तिमा छ । विज्ञप्तिमा नेत्रविक्रम चन्द
विप्लव समूहको समर्थन गर्नुका साथै उसमाथि लगाइएको प्रतिबन्धप्रति विरोध जनाइएको छ ।राजनीतिक समस्याको समाधान राजनीतिक तवरबाट गर्नुपर्नेमा

सरकारले बल प्रयोगको माध्यमबाट दबाउन खोज्नु मुर्खता हुने बताइएको छ ।जनतामाथि गरिएको दमन तथा हत्या हिंसाको विरोधमा नेपाल बन्द गरिएकाले सहयोग गर्न सो पार्टीले आग्रह गरेको छ । बन्दकर्ताले बन्दको अघिल्लो दिन २१ ग्ते साँझबाटै सार्वजनिक यातायातमा यात्रा नगर्न चेतावनी दिएको छ । बन्द अवज्ञा गर्नेमाथि साँझ भौतिक कारबाही हुने धम्की पनि विज्ञप्तिमा छभर्खरै गोलो चल्यो। प्रहरीको गोली लागेर एक जनाको मृत्युसर्लाहीमा स्थानीवासी र प्रहरीबीच झडप, एक जनाको मृत्यु !काठमाडौँ – शनिबार गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएपछि आइतबार सर्लाही तनावग्रस्त भएको छ।सर्लाहीको ईश्वरपुर नगरपालिका १३, गौरीशंकरमा रहेको बाँके खोलामा गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर स्थानीय लालबाबु यादवका १२ वर्षीय छोरा अमित यादवको शनिबार मृत्यु भएको थियो।सोहि घटनाको विरोधमा आन्दोलित भएका स्थानीवासी र प्रहरी बीच झडप हुँदा स्थिति तनावग्रस्त भएको हो। स्थानीयले पूर्व-पश्चिमा राजमार्ग अवरुद्ध गर्न खोजेपछि झडप भएको बताइएको छ।झडपको क्रममा प्रहरीको तर्फबाट गोली समेत चलेको छ। प्रहरीको गोलि लागेर एक जना स्थानीयको ज्यान गएको छ। एक जनाको मृत्यु भएको जानकारी प्राप्त भएता पनि मृत्यु हुनेको पहिचान भने प्राप्त हुन सकेको छैन।घटना बारे विस्तृत विवरण प्राप्त भैसकेको छैन

Related Articles

Back to top button