अन्तर्राष्ट्रिय

पूर्वी भेगमा ७.३ म्याग्निच्यूडको भयानक भूकम्प, ठुलो क्षति भएको आशंका,

७.३ म्याग्निच्यूडको भयानक शक्तिशाली भूकम्प, ठुलो क्षति भएको आशंका, यस्तो छ थप बिबरण काठमाडौं । पूर्वी भेगमा सोमबार ७.३ म्याग्निच्यूडको ठुलो शक्तिशाली भूकम्प गएको भौगर्भिक सर्भेले जनाएको छ । निकै नै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।इन्डोनेसिया सरकारले सुनामीको चेतावनी भने दिएको छैन । तर भूकम्पको धक्का अस्ट्रेलियासम्म महसुस गरिएको थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार इन्डोनेसियाको आम्बोन द्वीपको दक्षिणमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको थियो । जमिनको सतहबाट करिब २०८ किलोमिटर मुनि उक्त भूकम्पको केन्द्र रहेकाले पनि जमिनको सतहमा खासै क्षति नपुगेको सर्भेले जनाएको छ ।प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले पनि जमिनमुनि निकै गहिराईमा भूकम्प गएका कारण सुनामीको चेतावनी नदिएको जनाएको छ । पपुवामा ६.१ म्याग्निच्यूडको भूकम्प गएको केही घण्टाभित्रै इन्डोनेसियाको अम्बोनमा भूकम्प गएको हो । पपुवाको भूकम्प भने जमिनको सतहबाट २१ किलोमिटर गहिराईमा मात्र गएको थियो । भूकम्पीय दृष्टिबाट इन्डोनेसिया निकै जोखिममा रहेको छ ।यहाँ बर्सेनि ठुल्ठूला भूकम्प जाने र जनधनको ठूलो क्षति हुने गरेको छ । गत वर्ष ७.५ म्याग्निच्यूडको भूकम्पका कारण दुई हजार २०० भन्दा बढीको मृत्यु भएको थियो । सन् २००४ को डिसेम्बर २६ मा आचेह प्रान्तमा आएको ९.१ म्याग्निच्यूडको भूकम्पका कारण सिर्जित सुनामीबाट एक लाख ७० हजारभन्दा बढीको मृत्यु भएको थियो ।त्यस्तै उत्तरपूर्वी बंगलादेशमा भएको एक रेल दुर्घटनामा परी चार व्यक्तिको मृत्यु

हुनुको साथै अन्य १०० भन्दा बढी घाइते भएका एक सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन् । बंगलादेशको राजधानी ढाकाबाट २०३ किलोमिटर
टाढा रहेको माउल्भिबजार जिल्लामा सो दुर्घटना भएको छ ।स्थानीय समायानुसार आइतबार राति ११ः५० बजे सो दुर्घटना भएको अग्नि नियन्त्रण सेनाका एक अधिकारी नुर्नु नाबीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।राजधानी ढाकातर्फ गइरेहको सो रेल डिब्बा पटरीबाट छुट्टिएर सो घटना भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । उद्धारकार्य जारी रहेको र मृतकहको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । यस दुर्घटनाको कारण अनुसन्धानरत् रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।उता युरोपेली मुलुक चेक रिपब्लिकमा प्रधानमन्त्री आन्डे«ज बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन भएको छ । मिलियन मोमेन्ट्स अफ डेमोक्रेसी ग्रुप’ ले आपराधिक गतिविधिमा संलग्न भएको र राष्ट्रघात गरेको आरोप लगाउँदै प्रधानमन्त्री बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन गरेको हो ।राजधानी प्रागमा भएको प्रदर्शनमा २ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका छन् । प्रदर्शनकारीहरुले आपराधिक गतिविधिमा संलग्न र राष्ट्रघातको आरोप लागेका व्यक्ति पदमा बस्न नहुने भन्दै राजीनामा माग गरेका छन् ।चेक रिपब्लिकमा भएको प्रदर्शन सन् १९८९ पछिकै विशाल भएको बताइएको छ । प्रधानमन्त्री बाबिसमाथि युरोपियन युनियनले दिएको २ मिलियन युरो अनुदान हिनामिना गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।उनले सो रकम आफू सत्तामा आउनु अघि सन् २०१७ मा दुइवटा कोषमा ट्रान्सफर गरेका थिए । यद्यपी प्रधानमन्त्रीले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । प्रदर्शनकारीहरुले भने प्रधानमन्त्रीले राजीनामा नदिएसम्म प्रदर्शन जारी रहने चेतावनी दिएका छन्

Related Articles

Back to top button