अन्तर्राष्ट्रिय

बस दुर्घटना, ३० जनाको मृत्यु सात जना गम्भीर घाइते

काठमाण्डौ – भारत प्रशासित जम्मू कश्मीरमा सोमबार बिहान भएको सवारी दुर्घटनामा ३० जनाको ज्यान गएको छ । जम्मू कश्मीरको रिश्तवाडमा केशवन थकराई रोडबाट बस तल खस्दा बसमा यात्रारत ३० जनाको ज्यान गएको हो ।दुर्घटनामा सात जना गम्भीर घाइते रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जेके १७–६७८७ नम्वरको मिनीबस ओभरलोडका कारण सडकबाट तल खसेको स्थानीय प्रहरीले जनाएका छन् । दुर्घटनामा परेकाहरुको उद्दार तत्कालै भएकाले घाइतेहरुलाई उपचारका लागि अस्पताल लैजान सकिएको स्थानीय अधिकारीहरुले बताएका छन् । ककनीको रोपाईमा क्याप्टेन लामाको चल्यो गलबन्दी डान्स, हलो जोत्दै गरे रमाइलो (भिडियो सहित)काठमान्डौ , यो समय अनि मौसम हो मानो रोपी मूरी फलाउँने, त्यसो त देशभरिका किसानहरु मरी मेटी आ-आफ्ना खेतमा धान रोप्ने चटारोमा व्यस्त छन् यत्तिखेर । यसै शिलशिलालाई अझै प्रोत्साहित गरी युवा पुस्तालाई समेत आकर्षण गराउेन उदेश्यले नुवाकोट ककनीका जुजारु युवाहरुले आफ्ना आइडलका रुपमा क्याप्टेन विजय लामालाई समेत धान खेतमा आमन्त्रण गरे । युवाहरुको निम्तोलाई सहज रुपमा स्वीकार्दै क्याप्टेन लामा त्यहाँ पुगेर हलो जोत्ने देखि धान रोप्ने अनि विभिन्न रमाइलो कर्महरु समेत गरे ।त्यसो त त्यहाँँ ऐतिहासिक झल्को दिने गरी निकै रमाइलोसँग रोपाई सम्पन्न भयो ।त्यस्तै यता नेपाल कृषि अनुसन्धान परिषदको आयोजनामा ललितपुरको खुमलटारमा १६औँ राष्ट्रिय धान दिवस मनाइएको छ।‘धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्युनी करण’

गरेका हुन्।मन्त्रालयमातहतको बाली विकास तथा जैविक विविधता संरक्षक केन्द्रको आयोजनामा कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री खनालले नेपालको कृषि अझै पनि आकर्षणको केन्द्र बन्न नसकेकोले दक्ष युवा विदेशिएको बताए।उनले कार्यक्रममा भने, ‘२५ लाख युवा खाडी मुलुकमा काम गर्छन्, जमिन बाँझो हुँदै गएको छ। त्यसैले सोच र कृषि प्रणालीमा सुधार गर्नुपर्छ। नत्र कृषिको हालत यस्तै हुन्छ।’ कृषिले एकै पटक लाखौं युवालाई रोजगारी दिने बताउँदै उनले कृषकको जीवनशैली बदल्नुपर्ने बताए। उता पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई धान दिवसको अवसरमा हल गोरु समाएर रोपाइँ गरेका छन्। डा. भट्टराईले गोरखा जिल्लाको पालुङटार नगरपालिकामा रोपाइँ गरेर धान दिवस मनाएका हुन्।भट्ट राईलाई रोपाइँमा सहभागी गराएको भने पालुङटार नगरपालिका १ र सफल मल्टिपर्पोज कृषि फार्मले हो।रोपाइँमा सहभागी भएको तस्बिरहरु आफ्नो ट्विटर ह्यान्डलबाट सार्वजनिक गर्दै भट्टराईले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिन आग्रह समेत गरेका छन्। त्यस्तै त्रिभुवन विश्वविद्यालय अन्तरर्गतको कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुर क्याम्पस खैरहनी चितवनको आयोजनामा असार १५ अर्थात धान दिवस मनाइएको छ । ‘धान खेतीमा प्रविधी यन्त्रिकिकरण चामल आयातमा न्यूनिकरण’ भन्ने मूल नाराका साथ मनाइएको धान दिवस कार्यक्रमको खैरहनी नगरपालिकाका नगर प्रमुुख लालमणि चौधरीले उद्घाटन गर्नुभयो ।कार्यक्रममा प्रमुख चौधरीले बर्षैनी धान आयात कम गर्न नेपालमा कृषि उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले खेतीयोग्य जमिनको प्लटिङ रोकिनुपर्ने धारणा राख्नुभयो । सो अवसरमा क्याम्पस प्रमुख मिलन सुवेदी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा कृषि संकाय प्रथम बर्षका विद्यार्थी र शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो ।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Related Articles

Back to top button