समाचार

मोरङमा ,तिन जना महिला को हत्या

मोरङ । मोरङ जिल्लाका बिभिन्न स्थानमा पछिल्लो ३ महिनामा भएका घटनाहरुले यस क्षेत्रमा महिलाहरु असुरक्षित बन्दै गएको देखाएको छ ।
पछिल्लो ३ महिनाको तथ्यांकलाई मात्र हेर्ने हो भने ३ वटा महिला हत्याका घटनाले देश तथा बिदेशमा चर्चा पायो । चर्चा नभएका हत्या हेर्ने हो भने यो संख्या दोब्बर भन्दा बढी रहेको छ । यसरी उत्तरी मोरङमा पछिल्ला तीन महिनामा तीन महिलाको हत्या भएको छ । बेलबारीकी रमिला राईको हत्या भएको प्रमाणित भएको छ भने सिर्जना राई र रिना बस्नेतको शंकास्पद मृत्यु भएपनि हत्या नै भएको स्थानीयको दाबी छ ।बेलबारी नगरपालिका–४ की रमिला राई गत फागुन १३ गते घरबाट हराइन् । २६ वर्षीया राईको हत्या भएको आशंका भयो । हत्या आरोपमा फागुन २३ गते इलामबाट स्थानीय नेकपा नेता योगेन्द्र गुरुङ पक्राउ परे । बयानमा गुरुङले हत्या स्वीकारे । हाल उनी पुर्पक्षका लागि थुनामा रहेका छन् ।

हत्या भएको २२ दिनपछि उनी कोशी नदीमा बोरामा बाँधेर फालिएको अबस्थामा मृत फेला परेकी थिईन ।बेलबारी ६ कै मुना भनिने सिर्जना राईको वैशाख ५ गते बिहीबार मृत्यु भयो । धरानको बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै भएको भनिएको मृत्युलाई आफन्तले अस्वीकार गर्दै छानबिन माग गरे । मृतकका पति पर्वत राईले माइती पक्षलाई उपचारका क्रममा लानेबित्तिकै मृत्यु भएको भनेको तर पोस्टमोर्टम गर्नुअगाडिको एक तस्बिरमा चोटैचोट र रगत देखिएपछि आफन्तले मृत्यु नभएर हत्याको आशंका गरेका छन् । पोस्टमर्टमा आफन्त बोलाएपछि पुगेकी फुपू पूर्णा राईले तस्बिर लिएकी थिइन् । तस्बिरमा राईको घाँटीमा चोट देखिन्छ, छातीमा रगत र पेटमा नीलडाम देखिन्छ । यही तस्बिरका कारण आफन्तले हत्या भएको आशंका गर्दै बेलबारी प्रहरी कार्यालयमा जाहेरी हालेका छन् । तर पर्बत राई र उनका आफन्तले घरमै पत्रकार सम्मेलन गरी हत्या नगरेको जिकिर गरेका छन ।

वैशाख ७ गते पथरीमा अर्को महिलाको शव नग्न अवस्थामा भेटियो । स्थानीय वीरबहादुर बस्नेतको घरमा डेरा लिएर बस्ने रुपा भनिने रिना बस्नेतको हत्या भएको आशंका छ । वैदेशिक रोजगारीमा रहेका पति सन्तोष बस्नेतकी पति रिना आफ्ना १३ वर्षे छोरा साइमनसँगै बस्थिन् । छोरासँग राति पथरीको प्रस्तावित रंगशाला क्षेत्रमा भएको कन्सर्ट हेरेर ११ बजेपछि डेरामा आएकी २९ वर्षीया रिनाको स्वाभाविक मृत्यु नभएर हत्या भएको स्थानीयको भनाइ छ रिनाको हत्या भएको भन्दै स्थानीयले विरोधमा पथरीमा स्थानीय आन्दोलित भएका छन् । सोमबार सडकमा आएका स्थानीयले केही समय पूर्वपश्चिम राजमार्गको सडक अवरुद्ध गरेका थिए । रिना बस्नेत र सिर्जना राईको शंकास्पद र विभत्स मृत्युको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले सिर्जना राईको पोस्टमार्टम रिपोर्टपछि अन्य अनुसन्धान गर्ने बताए

Related Articles

Back to top button