समाचार

प्रहरी र विप्लवका कार्यकर्ताबीच दोहोरो गोली हानाहान

काठमाडौं – संखुवासभामा सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोली र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको छ। जिल्लाको सिलिचोङ गाउँपालिका १ ह्वाङमा सोमबार बिहान साढे ९ बजेतिर दुबैपक्षबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी मिमबहादुर लामाले पुष्टि गरे। गोली हानाहानबाट कुनै क्षति भए नभएको बारे भने कुनै जानकारी आइनसकेको उनले बताए।बिहान ९ बजेतिर शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्तीमा रहेको १९ जनाको प्रहरी टोलीमाथि विप्लवका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले जवाफी फाइरिङ गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए। उनले भने, ‘विप्लव कार्यकर्तासँग दोहोरो भिडन्त भएको प्रहरीको टोलीले जानकारी दिएको थियो। तर त्यसपछि उक्त टोलीसँग कुनै सम्पर्क भएको छैन। क्षतिको विवरण पनि केही आएको छैन।’ विमानस्थल खोलेर उडान गरिँदै आएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० वटा अन्तर्राष्ट्रिय उडान कम्पनी, १० वटा आन्तरिक उडान कम्पनी र ९ वटा हेलिकप्टर कम्पनीका दैनिक ४ सय उडान

र अवतरण हुन्छन् । औसतमा साढे २ मिनेटमा एउटा उडान र अवतरण भैरहेको हुन्छ ।३ हजार ५० मिटर लामो रन वे को ३० देखि ५० सेन्टिमिटर
गहिराइसम्मको पिच उप्काएर नयाँ हाल्ने काम लगभग अन्तिम चरणमा पुगेको आयोजना प्रमुख बाबुराम पौडेलले जानकारी दिनुभयो ।ट्याक्सी वे र लिंक रोडको काम सेप्टेम्बरदेखि मात्रैरन वे र ट्याक्सी वे को मर्मतको जिम्मा पाएको चिनिया कम्पनीले रन वे को काम लगभग सकेको छ । अर्को हप्तासम्म रन वे को पिच परिवर्तन गर्ने मात्रै नभइ फिनिसिङको काम पनि सकिँदैछ तर ट्याक्सी वे को काम भने बाँकी नै छ । तर बर्खा लागिसकेकाले ट्याक्सी वे को काम सेप्टेम्बरदेखि मात्रै सुरु हुने भएको छ ।सेप्टेम्बर १ तारिख देखि डिसेम्बर ३१ तारिखसम्म राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द गरेर ट्याक्सी वे को काम गछौं, बर्खा लागेकोले अहिले काम गर्न गाह्रो छ ।’ विमानस्थल प्रमुख क्षेत्रीले भन्नुभयो ।नेपाल नागरिक उडड्न प्राधिकरणले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पोरेशनसँग चार अर्ब २७ करोड रुपैयाँमा सम्झौता गरेर काम रन वे र ट्याक्सी वे

Related Articles

Back to top button