समाचार

प्रहरी खाना खाँदै गर्दा विप्लव समूहले फायर, हेलिकोप्टरमा सेना परिचालन

काठमाडौँ, १६ असार । संखुवासभाको सिलिचुङ्ग गाउँपालिका १ चिसुवा खोलाको होयाङ्ला भन्ने स्थानमा प्रहरी टोली खाना खाँदै गर्दा विप्लव समूहले फायर खोलेको प्रहरीले जनाएको छ ।आज बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरि १९ जनाको संयुक्त टोलीले बिहानको खाना खाँदै गरेको स्थान नजिकै नेकपा विप्लव समूहका कार्यकर्ताहरु पनि पुगेका थिए । खाना खाँदै गरेको खोला क्षेत्रबाट विप्लव समूहले फायर खोलेपछि प्रहरीले जवाफी फायर खोलेको सशस्त्र प्रहरीले जनाएको छ ।भर्खर मात्र खाना खान बसेका प्रहरी गोलीको आवाज सुनेपछि झस्किएका थिए । विप्लव समूहले फायर खोलेपछि प्रहरीले खाना छाडेर पोजिसन लिँदै फायर खोलेका थिए । केही राउण्ड जवाफी फायर खोलेपछि विप्लव समूहका कार्यकर्ता भागेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी सुरज श्रेष्ठले जनाएका छन् ।संखुवासभाबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली एलआरपी (लङ्ग रेञ्ज पेट्रोलिङ्ग) मा थिए । उनीहरु असार १२ गतेबाट गस्तीमा थिए ।विप्लव समूहले फायर खोलेपछि अहिले काठमाडाैँबाट सेनाको हेलिकमप्टरमार्फत नेपाल प्रहरी र सशस्त्र प्रहरीको २५/२५ जनाको टाेली

संखुवासभा पुगेको छ । १ नम्बर प्रदेश कार्यालयबाट पनि स्थलमार्ग भएर थप प्रहरी घटनास्थलतर्फ लागेको स्रोतले जनाएको छ ।सरकारले गएको फागुन २८ गतेदेखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय विप्लव समूहले पूर्वी पहाडी जिल्लाहरुमा आफ्ना गतिविधिहरु बढाइरहेकोछ ।यसअघि भोजपुरमा प्रहरीको गोली लागेर विप्लव समूहका एक कार्यकर्ता मृत्यु भएको थियो भने असार ५ गते सर्लाहीमा जिल्ला ईञ्चार्ज कुमार पौडेल मारिएका थिए ।को पिच परिवर्तन गर्ने मात्रै नभइ फिनिसिङको काम पनि सकिँदैछ तर ट्याक्सी वे को काम भने बाँकी नै छ । तर बर्खा लागिसकेकाले ट्याक्सी वे को काम सेप्टेम्बरदेखि मात्रै सुरु हुने भएको छ ।सेप्टेम्बर १ तारिख देखि डिसेम्बर ३१ तारिखसम्म राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द गरेर ट्याक्सी वे को काम गछौं, बर्खा लागेकोले अहिले काम गर्न गाह्रो छ ।’ विमानस्थल प्रमुख क्षेत्रीले भन्नुभयो ।नेपाल नागरिक उडड्न प्राधिकरणले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पोरेशनसँग चार अर्ब २७ करोड रुपैयाँमा सम्झौता गरेर काम रन वे र ट्याक्सी वे

Related Articles

Back to top button