समाचार

भर्खरै आयो यस्तो दुखद घटनाको। खबर ३ को मृत्यु, दर्जनौं घाइते

काठमाडौं । सिरहाको लहान नगरपालिका ११ पडरिया चौकमा आज अपरान्ह म्याजिक भ्यानलाई ट्रकले पछाडीबाट ठक्कर दिदाँ दुई महिलासहित ३ जनाको मृत्यु भएको खबर छ । एकको अवस्था गम्भीर छ । म्याजिकमा सवार करिब एक दर्जन यात्रु घाईते भएको प्रहरीले जनाएको छ । पुर्वबाट पश्चिम जाँदै गरेको ना.१ ज. ७४५४ नम्बरको म्याजिक भ्यान पडरिया चौकमा रोकेर यात्रु चढाउँदै गरेका बेला सोही दिशाबाट जाँदै गरेको ना.८ ख २४१५ नम्बरको ट्रकले अपरान्ह १ बजेतिर पछाडीबाट ठक्कर दिएको थियो ।दुर्घटनामा म्याजिकमा सबार सिरहाको पुरानो चोहर्वा निवासी ४० बर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिकाका ७० बर्षीया बचियादेवी राम र नाम ठेगाना नखुलेको एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले जानकारी दिएका छन ।घाईतेहरुको उपचार लहानस्थित रामप्रसाद उमाप्रसाद मुरारका स्मारक अस्पताल तथा स्थानिय मेडिकलहरुमा भईरहेको छ ।काठमाडौं । संखुवासभाको उत्तरी सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएपछि सुरक्षा सर्तकता बढाइएको छ। प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सुरक्षा सतर्कता बढाएर नाका नाकामा चेक पोस्ट राखिएको जानकारी दिए। सोमबार बिहान १० बजे सिलिचोङ गाउँपालिका–१ होयङ्मामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको प्रजिअ दुलालले बताए। गोली हानाहानपछि काठमाडौँबाट आएका ५० र सदरमुकामबाट २० भन्दा धेरै सुरक्षाकर्मीे सिलिचोङ क्षेत्रमा परिचालित गरिएको छ । तर

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार शुक्रबार बिहान विशेष सूचनाको आधारमा बालाजुबाट पक्राउ परेकी आफूलाई धार्तीमाता बताउने विष्णु कुँवरलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि सात दिनको म्याद थपिएको हो । उनले भने,‘ जिल्ला प्रशासन
कार्यालय, काठमाडौंबाट अनुसन्धानको लागि म्याद गराइएको हो।’कानुनले सार्वजनिकस्थलमा हातपात गर्नुलाई अपराध मानेको छ। मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को दफा ११८ मा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्ने कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन भन्ने उल्लेख छ। सोही दफामा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।त्यस्तै अपराध संहिताले अपमानजनक वा अमानवीय व्यवहार गरी बोक्साबोक्सीको आरोप लगाउने कार्यलाई पनि दण्डनीय अपराध मानेको छ। उक्त ऐनको दफा १६८ अनुसार बोक्सीको आरोपमा अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडाबापत मानसिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था रहेको छ। प्रहरीले यही प्रावधानलाई टेकेर खोजबिन र अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी बोगटीको भनाइ छडिएसपी बोगटीका अनुसार कुँवरले आफूलाई देउता चढेकाले ‘त्यस्तो’ गरेको बयान दिएकी छिन्। ‘देउताले अह्राएअनुसार काम गर्ने हो,’ कुँवरलाई उद्धृत गर्दैै डिएसपी बोगटीले भने, ‘देउता चढेपछि म के गर्छु, के भन्छु मलाई नै थाहा हुँदैन। जे गरें देउता चढेपछि गरें।’ कुँवरले देउता चढेपछि खुकुरी पनि नचाउने गरेको बयान दिएको बोगटीले बताए। माता

Related Articles

Back to top button