भिडियो

प्रहरीसँग गोली हानाहान : विप्लवका तीन कार्यकर्ता बेपत्ता!

संखुवासभा : जिल्लाको सिलिचोङ गाउँपालिका–१ होयङ्मामा प्रहरीसँग भएको गोली हानाहानपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन कार्यकर्ता बेपत्ता भएका छन्। प्रहरीसँगको गोली हानाहानपछि सिलिचोङबाटै सम्पर्कमा आएका विप्लवका एकजना जिल्ला नेताले आफ्ना तीनजना कार्यकर्ता बेपत्ता भएको जानकारी दिएप्रहरी स्रोत अनुसार गोली हानाहान भएपछि घटनास्थल भन्दा केही परेको तेन्छोबाट विप्लवका एकजना कार्यकर्ता पक्राउ परेका छन्। तर जिल्लास्थित सुरक्षा अधिकारीहरु यो कुराबारे केही बोल्न तयार छैनन्। ‘हाम्रो टोली भात खाइरहेका बेला प्रहरीले अचानक हामीमाथि फायरिङ गर्‍यो’, ती नेताले भने, ‘त्यही क्रममा तितरबितर हुँदा हाम्रा तीन कार्यकर्ता बेपत्ता भएका छन्। उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन।’घटनास्थलमा गोली चले पनि अहिलेसम्म हताहतीको कुनै जानकारी छैन। उक्त समूहका महासचिव विप्लवको सचिवालयका एक नेताले पनि संखुवासभाबाट आफ्ना तीन कार्यकर्ता बेपत्ता भएको जानकारी दिए। बेपत्ता भएका कार्यकर्ताको विवरण विप्लव समूहले पनि उपलब्ध गराउन सकेको छैन। यता संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले नियमित गस्तीमा रहेको प्रहरी टोलीसँग जम्काभेट भएपछि विप्लव समूहबाटै गोली चलाइएको दाबी गरेका छन्।प्रजिअ दुलालले त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको जिकिर गरेका छन्। ‘हाम्रो प्रहरी टोली सिसुवा क्षेत्रमा नियमित गस्तीमा थियो’, उनले भने, ‘प्रहरीलाई देख्नेबित्तिकै विप्लवको तर्फबाट गोली चलाइयो, त्यसपछि प्रहरीको तर्फबाट आत्मरक्षाका लागि फायर खोलिएको हो।

काठमाडौं । भारतीय अभिनेता अर्जुन कपूर र मलाइका अरोडाको सम्बन्धको चर्चा पछिल्लो समय चुलिएको छ । दुवैलाई अहिले एकैसाथ देखिने गरिएको छ । यी दुई अहिले न्युयोर्कमा छुट्टी मनाइरहेका छन् । यसैबीच मलाइका अरोडाले पहिलोपटक अर्जुन कपूरसँगको आफ्नो सम्बन्धको विषयमा खुलेर जवाफ दिएकी छिन् ।मलाइकाले आफ्ना छोरा अरहान खानको पनि अर्जुन कपूरसँगको सम्बन्धबारेको प्रतिक्रियाको विषयमा पनि खुलाएकी छिन् । अरबाज खानसँग सम्बन्ध विच्छेद भएपछिको अवस्थाको विषयमा मलाइकाले अन्तर्वार्तामा आफूलाई दोस्रोपटक कोहीसँग सम्बन्धमा बस्नसक्ने विश्वास आफूमा नरहेको बताएकी छिन् । तर, आफूले त्यस्तो एउटा सम्बन्ध खोजीरहेको अवस्थामा आफूलाई उक्त साथ मिलेको उल्लेख गरेकी छिन् ।यसका साथै आफ्नो छोराको अर्जुनसँगको विषयमा बोल्दै मलाइकाले यो सम्बन्धबाट सबैजना खुसी रहेको बताएकी छिन् । मलाइका र अर्जुनबीच ११ वर्षको अन्तर छ । मलाइका ४५ वर्षकी छिन् भने अर्जुन कपूर ३४ वर्षको भएका छन् । यस्तोमा सामाजिक सञ्जालमा उनीहरुको उमेरको विषयलाई लिएर पनि ट्रोल बनाएका थिए ।उमेरको विषयमा गरिएको टीप्पणीप्रति मलाइकाले जवाफ दिँदै कुनै पनि सम्बन्धमा उमेरभन्दा पनि मन मिल्नु जरुरी रहेको बताएकी छिन् । उनले यो सानो समुदायमा बस्दै आएका हामीहरु समयअनुसार चल्न नचाहेको आरोप पनि लगाइन् ।

Related Articles

Back to top button