अन्तर्राष्ट्रिय

वर्षाले पार्यो वितण्डा: १९ को मृत्यु, स्कूल कलेज बन्द

काठमाडौं । महाराष्ट्रको मुम्बईमा पछिल्लो पाँच दिनदेखि लगातार भारी वर्षाका कारण अहिले सम्म १९ जनाको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा ५४ सेमी वर्षा भएको छ । थुप्रै इलाकामा पाँचदेखि ६ फिट पानी भरिएका कारण आवागमनमा समस्या भएको छ । मौसम विभागको तर्फबाट मंगलबार पनि भारी वर्षाको अलर्ट जारी गरेको छ । सरकारले मंगलबार सबै सरकारी र नीजि स्कूल–कलेज र अफिस बन्द गर्ने निर्णय गरेको छ । भारी वर्षाका कारण मुम्बई एयरपोर्टमा स्पाइस जेटको फ्लाइट चिप्लिएको छ जसका कामरण मुख्य रनवे बन्द गरिएको छ ।यस्तै मलाड इस्टको पम्परिपाडामा सोमबार अबेर राती पर्खाल भत्कँदा १३ जनाको मृत्यु भएको छ र १३ घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ । दुर्घटनापछि स्थानीयले तत्काल केही मानिसहरुको उद्धार गरेका छन् । उता मौसम विभागले मध्यप्रदेशसहित छत्तीसगढ, महाराष्ट्र, गुजरात, झारखण्ड, उत्तर प्रदेश, अरुणचल, असम, बंगालमा दुई दिनसम्म भारी वर्षाको प्रक्षेपण गरेको छ ।भारी वर्षाको असर मुम्बई एयरपोर्टमा पनि देखिएको छ । स्पाइसजेट एसजी ६२३७ जयपुर–मुम्बई फ्लाइट रनवेमा चिप्लिएको
छ जसका कारण मंगलबार राती मुम्बई एयरपोर्टको मुख्य रनवे बन्द गरिएको छ । वैकल्पिक रनवेमार्फत् काम चलिरहेको छ ।स्पाइसजेट घटनापछि ५४ बढी

विमानलाई डाइभर्ट गरिएको छ । यसमध्ये केही अहमदाबाद र बेंगलुरुका लागि डाइभर्ट गरियो । घरेलु एयरलाइन्सले सोसल मिडियामा फ्लाइट्सको ढिलाई र रद्द भएको जानकारी दिइरहेका छन् । पुणेमा सोमबार बिहानदेखि अत्यधिक वर्षा भइरहेको छ । यहाँको सिंघड कलेजको पर्खाल भत्किँदा ६ को मृत्यु भयो । दुर्घटना सोमबार अबेर राती भयो ।काठमाडौँको सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि माइक्रोबस एकापसमा ठोक्किदा दुर्घटना भएको छ । दुर्घटनामा परि दुइवटै माइक्रो बसमा सवार १६ जना घाइते भएका छन् ।मंगलबार बिहान ७ बजे गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकापसमा जुध्दा दुर्घटना भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।घाइते हुनेहरुमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् । घाइतेहरुमध्ये सशस्त्र प्रहरीका हवल्दार भरत खत्रीको टाउको चोट लागी गभ्मीर घाइते भएका छन् । यसैगरी, माइक्रोबस चालक हिमाल काफ्लेको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ ।दुवै सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।संखुवासभा : जिल्लाको सिलिचोङ गाउँपालिका–१ होयङ्मामा प्रहरीसँग भएको गोली हानाहानपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन कार्यकर्ता बेपत्ता भएका छन्। प्रहरीसँगको गोली हाना

Related Articles

Back to top button