समाचार

साथीको घर गएकी ललीता मृत फेला बझाङ तनावग्रस्त

साथीको घर गएकी युवतीको शव फेला , अनुमानमै स्थानीयले २ वटा ट्रिपर फुटाए !काठमाडौँ : सोमबार साथीको घर गएकी एक युवती मृत फेला परेकी छिन् ।बझाङको बुंगल नगरपालिका-२ ताडकाबगरमा सोहि नगरपालिका २ की २० बर्षीया ललीता कुमारी धामी मङ्गलबार सो अवस्थामा फेला परेकी हुन् ।सोमबार साथीको घर जान्छु भन्दै निस्किएकी ललीतालाई ट्रिपरले ठक्कर दिएको हुनसक्ने भन्दै स्थनीयले २ वटा ट्रिपर तोडफोड गरेका छन्। महेन्द्र उच्च मावि कक्षा १२ मा अध्ययनरत उनी साथीको घर बाट बेलुकी घर जान्छु भनि हिँडेको खुल्न आएको प्रहरीले जनाएको छ।घटना भएको सूचना पाएलगत्तै यसबारे अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जनक धामीले जानकरी दिए। युवतीका आफन्तले सत्यतथ्य छानविन गरि दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।प्रकाशित : मङ्गलबार, असार १७, २०७६१६:३४डुबेर मृत्यु भएका आप्रवासी बाबुछोरीको दाहसंस्कारमेक्सिको सिटी, मेक्सिको–अमेरिका सीमा नदी रियो ग्रान्डेमा डुबेर मृत्यु भएका ओस्कार मार्टिनेज र उनकी २३ वर्षीया छोरी भ्यालेरीको एलसाल्भाडोरमा सोमबार दाहसंस्कार गरिएको छ । अवैध आप्रवासीका रुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्नेक्रममा सीमा नदी रियो ग्रान्डेमा डुबेर उनीहरु दुबैको गत जुन २३ मा मृत्यु भएको थियो ।उनीहरु मध्य अमेरिकी मुलुक एलसाल्भाडोरका स्थायी बासिन्दा हुन् साल्भाडोरका सञ्चार माध्यमका अनुसार एलसाल्भाडोरको राजधानी सान साल्भाडोरबाट दक्षिणस्थित ला बारमेजा समाधिस्थलमा पारिवारिक कार्यक्रमबीच उनीहरु दुबैको दाहसंस्कार गरिएको हो ।परिवारका सदस्यहरुको अनुरोधमा त्यस अवसरमा विशेष

कार्यक्रम केही राखिएको थिएन । सञ्चार माध्यमहरुका अनुसार करिब ५० जना शोकाकुल आफन्तले मृत व्यक्तिको सम्झनामा सेतो पुष्पगुच्छा अर्पित गरेका थिए ।ओस्कार र भ्यालेरीको गत जुन २३ मा मृत्यु भएको थियो । अमेरिकी सीमा सुरक्षा अधिकारीहरुले दुबैको शव रियो ग्रान्डे नदीको मेक्सिकोतर्फको किनारामा जुन २४ मा फेला पारेका थिए । छोरी भ्यालेरीको शव भने बाबुको शर्टमा बाँधिएको अवस्थामा भेटिएको थियो ।ओस्कार र भ्यालेरीको शव आइतबार मेक्सिकोबाट सान साल्भाडोर ल्याइएको थियो । मार्टिनेज र उनकी पत्नी सान–साल्भाडोरको एक रेष्टुराँमा काम गर्दथे । तर उनीहरु संयुक्तराज्य अमेरिकामा राम्रो अवसरको खोजीमा गत अप्रिलमा मेक्सिको हुँदै अमेरिकातर्फ प्रस्थान गरेका थिए र रियो ग्रान्डे नदी पार गरेर अमेरिका प्रवेश गर्न चाहन्थे ।यस्तै दुःखद घटना यसअघि पनि भएका छन् । गत जुन २५ मा पनि रियो ग्रान्डे नदीमै एक व्यक्तिको शव फेला परेको थियो । यस वर्ष थुप्रै व्यक्ति नदीमा डुबीसकेका छन् ।अमेरिकी सीमा प्रशासनले सन् २०१८ मा २८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ । तर अधिकारकर्मीहरुले मृत्यु हुनेको वास्तविक संख्या अझ बढी रहेको दाबी गरेका छन् ।अमेरिका–मेक्सिकाबीच करिब तीन हजार किलोमिटर सीमा रहेको छ । मध्य अमेरिकी मुलुकहरु ग्वाटेमाला, एलसाल्भाडोर र होन्डुरसबाट हरेक वर्ष ठूलो संख्यामा अबैध रुपमा अमेरिका प्रवेश गर्नेक्रम वर्षौंदेखि जारी छ ।अमेरिकी ट्रम्प प्रशासनले अवैध आप्रवासी नियन्त्रणका लागि प्रवेशमा कठोर कदम चाल्ने बताउँदै आएको

Related Articles

Back to top button