समाचार

रुपन्देहीमा गोली चल्यो

रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली प्रहार गरी दुई लाख ४१ हजार लुटेर लगेको छ।गैडहवा गाउँपालिकामा रहेको गैडहवा ताल सरसफ़ाइ समितिको रकम लिएर आउँदै गरेका तोले पासीमाथि गोली प्रहार गरी नगद लुटेर लगेको स्थानीय लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दीप गुप्ताले बताए।ताल सरसफाइ समितिको रकम लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेर सु १ ह ३३७ नम्बरको टेम्पोमा आउँदै गरेका पासी गैडहवा गाउँपालिका वडा नं ४ अहिरण्डी चोकमा आइपुग्दा २ जनाको समूहमा मोटरसाइकलमा आएकाहरूले गोली प्रहार गरेको पासीलाई उदृत गर्दै गुप्ताले बताए ।लुटेराहरूको गोली प्रहारबाट टेम्पोको टायरमा लागेको र कुनै मानवीय क्षति भने नभएको बताइएको छ। टेम्पोमा अन्य यात्रुहरू समेत सवार रहेको गुप्ताले बताए ।साथीको घर गएकी युवतीको शव फेला , अनुमानमै स्थानीयले २ वटा ट्रिपर फुटाए !काठमाडौँ : सोमबार साथीको घर गएकी एक युवती मृत फेला परेकी छिन् ।बझाङको बुंगल नगरपालिका-२ ताडकाबगरमा सोहि नगरपालिका २ की २० बर्षीया ललीता कुमारी धामी मङ्गलबार सो अवस्थामा फेला परेकी हुन् ।सोमबार साथीको घर जान्छु भन्दै निस्किएकी ललीतालाई ट्रिपरले ठक्कर दिएको हुनसक्ने भन्दै स्थनीयले २ वटा ट्रिपर तोडफोड गरेका छन्। महेन्द्र उच्च मावि कक्षा १२ मा

अध्ययनरत उनी साथीको घर बाट बेलुकी घर जान्छु भनि हिँडेको खुल्न आएको प्रहरीले जनाएको छ।घटना भएको सूचना पाएलगत्तै यसबारे अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जनक धामीले जानकरी दिए। युवतीका आफन्तले सत्यतथ्य छानविन गरि दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।प्रकाशित : मङ्गलबार, असार १७, २०७६१६:३४डुबेर मृत्यु भएका आप्रवासी बाबुछोरीको दाहसंस्कारमेक्सिको सिटी, मेक्सिको–अमेरिका सीमा नदी रियो ग्रान्डेमा डुबेर मृत्यु भएका ओस्कार मार्टिनेज र उनकी २३ वर्षीया छोरी भ्यालेरीको एलसाल्भाडोरमा सोमबार दाहसंस्कार गरिएको छ । अवैध आप्रवासीका रुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्नेक्रममा सीमा नदी रियो ग्रान्डेमा डुबेर उनीहरु दुबैको गत जुन २३ मा मृत्यु भएको थियो ।उनीहरु मध्य अमेरिकी मुलुक एलसाल्भाडोरका स्थायी बासिन्दा हुन् साल्भाडोरका सञ्चार माध्यमका अनुसार एलसाल्भाडोरको राजधानी सान साल्भाडोरबाट दक्षिणस्थित ला बारमेजा समाधिस्थलमा पारिवारिक कार्यक्रमबीच उनीहरु दुबैको दाहसंस्कार गरिएको हो ।परिवारका सदस्यहरुको अनुरोधमा त्यस अवसरमा विशेष कार्यक्रम केही राखिएको थिएन । सञ्चार माध्यमहरुका अनुसार करिब ५० जना शोकाकुल आफन्तले मृत व्यक्तिको सम्झनामा सेतो पुष्पगुच्छा अर्पित गरेका थिए ।ओस्कार र भ्यालेरीको गत जुन २३ मा मृत्यु भएको थियो ।

Related Articles

Back to top button