समाचार

विवाहमा गएको कार दुर्घटना हुँदा पत्रकार भट्टका दम्पती सहित ३ जना

काठमाडौँ : मंगलबार विवाहमा सहभागी हुन् जाने क्रममा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।धनगढीबाट विवाहमा जाँदै गरेको युपी ३१ पि ७९७५ नम्बरको कारको अगाडीको चक्का पन्चर भई कञ्चनपुरमा दुर्घटना हुँदा अन्नपूर्ण पोष्ट र एपिवान टेलिभिजनका सुदूरपश्चिम ब्यूरो प्रमुख शिवराज भट्ट र उनकी श्रीमती दुर्गासहित ३ जना घाइते भएका हुन् पत्रकार भट्टका परिवारसहित ९ जना सवार कार दुर्घटना हुँदा ३ जना घाइते भएको र अन्य सकुशल रहेको बताइएको छ ।उक्त दुर्घटनामा घाइते भएकाहरुलाई पुनर्वास पोलिक्लिनिकमा प्राथमिक उपचारपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ ।प्रकाशित : मङ्गलबार, बैशाख २४, २०७६०७:१वृद्धलाई ठक्कर दिएपछि मोटरसाइकल छोडेर चालक फरार, ७८ बर्षीय खड्काको मृत्यु !काठमाडौँ : मंगलबार मोरङको उर्लावारी नगरपालिका-५ मधुमल्ला बसस्टेण्डमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।बिहान ८:१५ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे ९ प

९४४६ नम्बरको मोटरसाईकलले पैदल यात्री धनकुटाको डाँडागाँउ बस्ने ७८ बर्षीय लाल बहादुर खड्कालाई ठक्कर दिंदा उनी गम्भीर घाईते भएका थिए ।घाईतेलाई उपचारको लागि तत्काल गोदावरी अस्पताल उर्लावारी पठाईएको थियो । घाईतेको उक्त अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि बिराट नर्सिङहोम बिराटनगर पठाईएकोमा उपचारकै क्रममा निजको बिहान १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।ठक्कर दिने मोटरसाईकल ईलाका प्रहरी कार्यालय उर्लावारीको नियन्त्रणमा रहेको छ भने चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।प्रकाशित : मङ्गलबार, बैशाख २४, २०७६०८:२३काठमाडौँ : स्थानीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ कैलालीको घोडाघोडी नगरपालिका–१२ शिवपुरका ८३ वर्षीय छोटेलाल डगौराले स्थानिय १३ बर्षिया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।गत आईतवार साँझ जबर्जस्ती घरबाट टाढा लागि बलात्कार गरेको भन्ने पिडित बालिकाको उजूरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरि करणी गरेको पुष्टि भए कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडी बढाउने तयारी भएको बताइएको छ ।प्रकाशित : मङ्गलबार, बैशाख २४, २०७६०६:३५

Related Articles

Back to top button