समाचार

विपरित दिशाबाट आएका २ वटा बस दुर्घटना ४० जना यात्रु

काठमाडौँ : मंगलबार राति विपरित दिशाबाट आएका २ वटा बस ठोक्किँदा ४० जना घाइते भएका छन् ।कपिलवस्तुको शिवराज नगरपालिका-१ चोरखोलामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ९३२६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९९१० नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।उक्त घटनामा दुवै बसमा सवार यात्रु मध्ये ४० जना घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। दुई बसमा करिब ५५ जना यात्रु सवार थिए ।उनीहरु मध्ये २० जनाको स्थानीय अस्पतालमा सामान्य उपचार भइरहेको छ भने बाँकि २० जनाको बुटवलस्थित चौराह अस्पतालमा उपचार भइरहेको बताइएको छ ।काठमाडौं ।अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं २ को झकालेमा आज बिहान बस दुर्घटना हुँदा १५ घाइते भएका छन् भने चारको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिनुभएको छ ।महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूतको

ना७ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइतेको उद्धार गरेर बयालपाटा अस्पतालमा उपचार शुरु गरेको शाहीले बताउनुभयो ।बस विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनलाई साइड दिने क्रममा सडक भासिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।प्रकाशित : बुधबार, असार १८, २०७६०९:४५ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–६ चिच्चौरमा एक किशोरीको मुढोले किचेर मृत्यु भएको छ ।मंगलबार दिउँसो बाख्रा चराउन जंगलमा गएकी किशोरीलाई भिरबाट पल्टाएको काठको मुढोले किचेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । मुढोले किचेर सोही स्थानकी १७ वर्षीया सुजना रोकाको घटनास्थलमै मृत्यु भएको हो ।बाख्रा चराउन जंगलमा गएका बेला माथिबाट पल्टाएको मुढोले किचेको स्थानीयले बताएका छन् । जंगलबाट काठको मुढो पल्टाउने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ

Related Articles

Back to top button