समाचार

रिना बस्नेतको हत्याराको नजिक प्रहरी , शङ्कास्पद थप ३ जना

विराटनगर । मोरङको पथरीकी रीना बस्नेत मृत्यु सम्बन्धी घटनामा प्रहरीले तीन जनाको पोलिग्राफ जाँच गरेको छ । वैशाख ७ गते शनिबार बिहान बस्नेतको निर्वस्त्र शव आफ्नै डेरा अगाडिको सडकमा घोप्टो अवस्थामा फेला परेको थियो। त्यो घटनाको सुक्ष्म र गहन अनुसन्धान गरिरहेको मोरङ प्रहरीले शङ्कास्पद तीन जनाको पोलिग्राफ जाँच गराएको छ । प्रहरीले रीनाको प्रेमी भनिएका कमल नेपालसहित उनकी श्रीमती मनिता र रीनाले डेरा गरी बस्ने घरमै बस्दै आएका मदन भट्टराईको पनि पोलिग्राफ जाँच गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले तीनजनाको पोलिग्राफ जाँच गरिएको जानकारी दिएका छन् । उनले भने, ‘‘यसअघि बयान पनि लिएका थियौं तर थप

अनुसन्धानका लागि पोलिग्राफ पनि जाँच पनि गरिएको हो ।’’ यो जाँचबाट मुटुको चाल, रक्तसञ्चार र मस्तिष्कको चालले बयानका क्रममा बोलेको कुरा साँचो हो, होइन भनेर छुट्याउन सहज हुने डिएसपी श्रेठले बताए । नेपाल प्रहरी हिरासतमा छन् । मदन परिवारको साथमा मृतक रीना बस्दै आएको फ्ल्याटको पूर्वतर्फको भागमा बस्दै आएका छन् । मोरङ प्रहरीले यो घटनामा ३७ जनासँग लिखित बयान लिएको र ५० जनाभन्दा बढीसँग सोधपुछ गरेको छ ।पोष्टमा र्टम रिपोर्टमा रीनाको करङ भाँच्चिएको, टाउकोमा भित्री चोट देखिएको, छातीभित्र रगत जमेको देखिएको प्रहरीको भनाइ छ । रिनाको पे्रमी कमल, कमलकी श्रीमती मनिता र छिमेकी मदनको प्रारम्भिक बयान बाझिएपछ पोलिग्राफ जाँच गरेको प्रहरीको भनाइ छ । कसैले ठेलिदिएको हुन सक्ने आशङ्कामा प्रहरीले अनुसन्धान गर्दै आएको छ ।उनले प्रयोग गर्ने मोबाइलमा घटना भएको रात आएको फोनको डिटेल, सामाजिक सञ्जालका म्यासेन्जरहरु जाँच गर्दा उनीसँग कसैको वार्ता नभएको प्रहरीले बताएको छ ।

Related Articles

Back to top button