समाचार

विप्लका कार्यकर्ता सँग गोली हानाहान

संखुवासभा-भोजपुरमा विप्लवको सेल्टर खोज्न पुगेको सयजना सुरक्षाकर्मीको टोली कहाँ हरायो ?।काठमाडौं । सोमबार बिहान संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा नेत्रविक्रम चन्द विप्लका कार्यकर्तासँग भएको भनिएको गोली हानाहानपछि उतारिएको करिब एक सयजना सुरक्षाकर्मीको टोली अझै नफर्किएको बताइएको छ।प्रहरीको नियमित गस्ती टोलीसँग सिलिचोङ गाउँपालिका–१ होयङ्लामा विप्लवका कार्यकर्ताको जम्काभेट हुँदा गोली हानाहान भएको थियो। उक्त गोलीकाण्डपछि नेपाली सेनाका तीनवटा हेलिकोप्टरमा काठमाडौँबाट गस्तीमा गएका थिए। सशस्त्र र नेपाल प्रहरीका ५० भन्दा बढी सुरक्षाकर्मी सिसुवाखोला पुगेका थिए। अहिले त्यस क्षेत्रमा सयजना सुरक्षाकर्मीेले खोजी तीव्र पारेका छन्। दुईजना पक्राउ गोली हानाहानपछि विप्लवका बेपत्ता भएका तीन कार्यकर्तामा चैनपुर नगरपालिका–१० का सुजन अधिकारी र सोलुखुम्बुका दोर्जी तामाङ पक्राउ परेको खबर प्राप्त भएको छ ।उनीहरु दुवैलाई प्रहरीले अझै सदरमुकाम ल्याएको छैन। उनीहरुलाई गस्तीमा रहेका सुरक्षाकर्मीले साथमै राखेर विप्लवको सेल्टर खोजिरहेको बताइएको छ । काठमाडौंबाट उतारिएका २५–
२५ जना जनपथ र सशस्त्र प्रहरीको टोलीसहित जिल्लाबाट परिचालित सुरक्षाकर्मी सिलिचोङको सिसुवाखोला क्षेत्र र भोजपुरको उत्तरी चौकीडाँडा र खाटम्माको

सीमा क्षेत्रमा सर्च अप्रेशनमा लागिरहेका छन । भोजपुरको खाटम्मास्थित डिलखर्क माओवादी जनयुद्धका बेला पूर्वको जलजलाकारुपमा चर्चित थियो । विप्लवका कार्यकर्ताले पनि त्यही क्षेत्रमा सेल्टर बनाएर बसेको आशंका प्रहरीको छ । भोजपुरको साल्पा क्षेत्र, संखुवासभाको सिुवाखोला क्षेत्र, सोलुखुम्बुको महाकुलुङ, छेस्काम क्षेत्र र खोटाङको सुङ्देल, दिप्सुङ क्षेत्र माओवादी जनयुदद्धका बेला पनि विशेष आधार इलाका मानिन्थे। अहिले विप्लवले तिनै क्षेत्रमा आफ्नो सेल्टर बनाएको आशंकामा सर्च अप्रेशन जारी राखिएको स्रोतको दावि छ । खोजतलासका क्रममा विप्लवका कार्यकर्ताले प्रयोग गरेको एक थान अत्याधुनिक हतियार बरामद भएको छ । तर त्यसको पुष्टि जिल्लास्थित सुरक्षा अधिकारीले अझै गरेका छैनन्। गस्ती गरिरहेको टोली चार जिल्लाको सीमाक्षेत्रमा केन्द्रित भएको छ। यता विप्लवका कार्यकर्ता बास बसेको ठाउँमा प्रहरीसँग जम्काभेट हुँदा भएको गोली हानाहानका क्रममा बेपत्ता भएका आफ्ना दुईजना कार्यकर्ताको अवस्था नखुलेको जानकारी विप्लवका पूर्वी केन्द्रीय कमाण्ड इन्चार्ज बिषमले दिएका छन्। बेपत्ता भनिएका तीनमध्ये एकजना पार्टीसम्पर्कमा पुगेको उनले बताएका छन्।

Related Articles

Back to top button