समाचार

दुबइबाट फर्केर प्रेमिकासँग गेष्ट हाउसमा बस्दै आएका गुरुङ मृत भेटिए

काठमाडौं, । असार ११ गते युएईको दुबईबाट नेपाल फर्किएका काभ्रे घर भएका २५ वर्षीय प्रमोद गुरुङ बुधबार (असार १८) विहान काठमाडौंको गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा मृत अवस्थामा भेटिएका छन् ।युएईको दुबईबाट नेपाल फर्किएपछि फेसबुकमार्फत चिनजान भएकी प्रेमिकासँग विदेशबाट आएको दिनदेखि नै मृतक गुरुङ उक्त गेष्ट हाउस बस्दै आएका थिए ।म्याग्दी घर भएकी प्रेमिका र उनी उक्त गेस्ट हाउसको कोठा नं. १०४ मा बसेका थिए । प्रहरीका अनुसार उनीहरु बसेको कोठा भियग्राहरु र गाँजा खाएर फालिएको चुरोटका ठुटाहरु भेटिएको छ ।उक्त घटनापछि गेष्ट हाउस सञ्चालक र म्याग्दी घर भएकी प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।असार : अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं २ को झकालेमा आज बिहान बस दुर्घटना हुँदा १५घाइते भएका छन् भने चारको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले

जानकारी दिनुभएको छ । महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूतको ना७ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको थियो ।दुर्घटनामा घाइतेको उद्धार गरेर बयालपाटा अस्पतालमा उपचार शुरु गरेको शाहीले बताउनुभयो । बस विपरीत दिशाबाट आइरहेको अर्कोसवारीसाधनलाईसाइड दिने क्रममा सडक भासिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ धनगढी । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना६ख २८५४ नं को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।सुर्खेतबाट महेन्द्रनगरतर्फ जादै गरेको उक्त बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक टोपबहादुर शाहीले जानकारी दिनुभयो ।घाइतेलाई उपचारका लागि अत्तरिया र धनगढीस्थित विभिन्न अस्पताल ल्याइँदैछ । दुर्घटनाबाट पुलमा क्षति पुगेको छ ।

Related Articles

Back to top button