अन्तर्राष्ट्रिय

नेपाल फर्किन ठिक्क परेका सन्तोष मारिए

।नेपाल फर्किन ठिक्क परेका २७ वर्षीय नेपाली युवा लिबियामा मारिए काठमाडौँ । युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन् । मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको रात्रि आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।आक्रमणमा परी २७ वर्षीय सन्तोष श्रेष्ठसहित धेरै शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ । यही असार १७ गते उक्त आक्रमण भएको र नेपाली मृतकका बारेमा थप विवरण प्राप्त नभएको उक्त दूतावासले बताएको छ ।त्रिपोलीमा रहेका श्रेष्ठलाई उद्धार गरी नेपाल फर्काउन दुई दिनअघि मात्र यात्रासम्बन्धी कागजात पठाउन आइओएमले नेपाली दूतावासलाई पत्राचार गरेको थियो ।यसअघि आठ जना नेपालीलाई त्यहाँबाट उद्धार गरी नेपाल फर्काइएको र अझै छ जना नेपाली आइओएमको शिविर त्रिपोलीमा रहेको तथा उनीहरुलाई चाँडोभन्दा चाँडो नेपाल फर्काउने प्रयास भइरहेको दूतावासले आज एक विज्ञप्ति जारी गरेर बताएको छ ।त्रिपोलीमा कार्यरत नेपाली शान्ति सेनासँग दूतावासले निरन्तर सम्पर्क स्थापना गरी सहयोग एवं समन्वय गरिरहेको जनाएको छ ।साथीको घर गएकी युवतीको शव फेला , अनुमानमै स्थानीयले २ वटा ट्रिपर फुटाए !काठमाडौँ : सोमबार साथीको घर गएकी एक युवती मृत फेला परेकी छिन् ।बझाङको बुंगल नगरपालिका-२ ताडकाबगरमा सोहि नगरपालिका २ की २० बर्षीया ललीता कुमारी धामी मङ्गलबार सो अवस्थामा फेला परेकी हुन् ।सोमबार साथीको घर जान्छु भन्दै निस्किएकी ललीतालाई ट्रिपरले ठक्कर दिएको हुनसक्ने भन्दै स्थनीयले २ वटा ट्रिपर तोडफोड गरेका छन्। महेन्द्र उच्च मावि कक्षा १२ मा अध्ययनरत उनी साथीको घर बाट बेलुकी स्थानीयले बताएका समन्वय गरिरहेको

घर जान्छु भनि हिँडेको खुल्न आएको प्रहरीले जनाएको छ।घटना भएको सूचना पाएलगत्तै यसबारे अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जनक धामीले जानकरी दिए। युवतीका आफन्तले सत्यतथ्य छानविन गरि दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।प्रकाशित : मङ्गलबार, असार १७, २०७६१६:३४डुबेर मृत्यु भएका आप्रवासी बाबुछोरीको दाहसंस्कारमेक्सिको सिटी, मेक्सिको–अमेरिका सीमा नदी रियो ग्रान्डेमा डुबेर मृत्यु भएका ओस्कार मार्टिनेज र उनकी २३ वर्षीया छोरी भ्यालेरीको एलसाल्भाडोरमा सोमबार दाहसंस्कार गरिएको छ । अवैध आप्रवासीका रुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्नेक्रममा सीमा नदी रियो ग्रान्डेमा डुबेर उनीहरु दुबैको गत जुन २३ मा मृत्यु भएको थियो ।उनीहरु मध्य अमेरिकी मुलुक एलसाल्भाडोरका स्थायी बासिन्दा हुन् साल्भाडोरका सञ्चार माध्यमका अनुसार एलसाल्भाडोरको राजधानी सान साल्भाडोरबाट दक्षिणस्थित ला बारमेजा समाधिस्थलमा पारिवारिक कार्यक्रमबीच उनीहरु दुबैको दाहसंस्कार गरिएको हो ।परिवारका सदस्यहरुको अनुरोधमा त्यस अवसरमा विशेष कार्यक्रम केही राखिएको थिएन । सञ्चार माध्यमहरुका अनुसार करिब ५० जना शोकाकुल आफन्तले मृत व्यक्तिको सम्झनामा सेतो पुष्पगुच्छा अर्पित गरेका थिए ।ओस्कार र भ्यालेरीको गत जुन २३ मा मृत्यु भएको थियो ।

Related Articles

Back to top button