समाचार

पेट्रोल बोकेको ट्याङ्कर विस्फोट ३५ जनाको मृत्यु

(एजेन्सी काठमाडौं । नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छस्थानीय अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार घटनामा परी अरु १०१ जना घाइते पनि भएका छन् ।बेन्यु राज्यको अहुम्बे गाउँमा सोमबार घटना भएको हो। सडकमा ट्याङ्कर पल्टिएर दुर्घटना भएको बताइएको छ। ट्याङ्करबाट चुहिएको पेट्रोलियम पदार्थ थाप्नेहरुको भिड लागेका बेला ट्याङ्करमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् ।सडक सुरक्षा दलका प्रदेश कमाण्डर अलियु बाबाले प्रदेश राजधानी माकुर्दीमा पत्रकारहरुलाई दिएको जानकारी अनुसार भत्किएको सडकमा चालकले लापरवाही तरिकाले ट्याङ्कर चलाएका थिए। त्यही बेला ट्याङ्कर हल्लिएर पल्टिएको उनले बताए।आगलागी हुनुभन्दा अगाडि कम्तीमा ४५ मिनेटसम्म स्थानीयवासीले पेट्रोलियम पदार्थ थापेका थिए। उनीहरुले पेट्रोलियम पदार्थ थापिरहेकै बेला एउटा बस आएर त्यही ट्याङ्करमा ठोक्किएपछि आगलागी भएको थियो। मारिएका मध्ये १४ जना बसका यात्रु रहेका छन् भने अरु पेट्रोलियम पदार्थ थाप्न आएका स्थानीय बासिन्दा रहेका छन्।नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले एक व्यक्तव्य जारी गर्दै घटनामा परी निधन भएकाहरुप्रति दुःख व्यक्त गरे छ भने घाइतेहरुको स्वास्थ्य लाभको कामना गरे। (एजेन्सी)कार्यालय पोखराले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा सबैभन्दा धेरै ७ जना रुसका नागरिक छन् । रसियन पर्यटकहरुमध्ये ४ जना भिसाको म्याद सकिएर पनि अवैध रुपमा बस्दैआएको पाइएको हो । तीनजना रुसका नागरिक पासपोर्ट नै च्यातेर अवैध रुपमा बस्दैआएको सूचनाको आधारमा पक्राउ परेको पर्यटन प्रहरी कार्यालय पोखराका प्रहरी सायक निरीक्षक विधान सिंह क्षेत्रीले बताए ।पक्राउ पर्नेमा अवैध रुपमा बस्दैआएको सूचनाको

तीनजना लेबननको नागरिक छन् । अली सेलेमन उनका दुई छोरी मेरियम रहमे र फटमे भिसाको म्याद सकिएपछि पनि अवैध रुपमा बस्दैआएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । दुई छोरीहरुले प्याराग्लाईडिङको कोष समेत गर्दै गरेका थिए । यसरी पक्राउ गर्नेमा नेदरल्याण्डका दुई नागरिक पनि छन् । उनीहरुमध्ये एक जना पासपोर्टको भिसा नै सकिएको अवस्थामा र अर्को एकजना पासपोर्ट विना नै पोखरामा बस्दैआएको अवस्थमा पक्राउ परेका हुन् ।यस्तै यमन, तिब्बत, फिलिपिन्स, बेलायत, डेनमार्क, टर्की, फ्रान्स, जर्मन र केन्याका पर्यटक पनि अवैध रुपमा बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको पर्यटक प्रहरी कार्यालय पोखराका प्रहरी नायब निरीक्षक टीकाराम पौडेलले जानकारी दिए ।पोखराको लेकसाइडमा दश वर्षदेखि बस्दैआएका जर्मन नागरिक लुजीफर प्लेस गत चैत १३ गते स्थानीयसँग झगडा गरेपछि स्थानीयले प्रहरीलाई खवर गरे । घट्नाको छानवीनको क्रममा पासपोर्ट लगायत उनको परिचय खुल्ने केही कागजपत्र भेटिएन । प्रहरी अनुसन्धान पछि उनी दश वर्षदेखि पोखराको लेकसाइडमा गैरकानुनी रुपमा बस्दैआएका जर्मन नागरिक रहेको प्रहरीले पत्ता लगाएपछि पर्यटक प्रहरी कार्यालय पोखराले अध्यागमन कार्यालय हुँदै अध्यागमन विभाग काठमाण्डौमा बुझायो ।उस्तै अवस्थमा भेटिएका थिए आफूलाई प्रेम ओझा भनेर चिनाउने नेदरल्यणडका पर्यटक । उनी पनि पोखराको लेकसाइडमा १० वर्ष देखि बस्दैआएका थिए । गत पुस १२ गते पक्राउ परेको उनीसँग पनि पासपोर्ट लगायत उनको परिचय खुल्ने कुनै कागजाज थिएन । प्रहरीले अनुसन्धान गर्दा उनी लेकसाइडका विभिन्न होटलमा गैरकानुनी रुपमा काम गरेर

बसेको पत्तो पायो ।पर्यटन भिसामा पोखरा घुम्न आएका फिलिपिन्सका अल्बर्ट क्याइसीप पोखरा २३ धारापानीमा १९ महिनादेखि व्यवसायीक रुपमा कुखुरा
पाल्दैआएका थिए । पर्यटन भिसामा आएका उनीसँग व्यवसाय गर्ने अनुमति त थिएन नै उनको पर्यटन भिसाको म्याद पनि एक वर्षअघि नै सकिएको थियो ।गत पुस ८ गते स्थानीयले दिएको सूचनाको आधारमा पर्यटक प्रहरीले उनलाई पक्राउ ग¥यो । जग्गा भाडामा लिएर आफैँले फेवा तालको सिरानमा बाँसको खोर बनाएर कुखुरा पाल्दै गरेको अल्बर्टलाई प्रहरीले अध्यागमन कार्यालय पोखरामा बुझायो । अध्यागमन कार्यालय पोखराले अध्यागमन विभाग काठमाण्डौ । यस्तै रसियाका डिमिट्री खमोभ सन् २०१६ देखि श्रीमती र छोरा सहित नेपालमा बस्दैआएका थिए । उनले नेपालमै सन् २०१७ मा अर्को छोरा पनि जन्माए । अवैध रुपमा विदेशी बसेको सूचनाको आधारमा प्रहरीले अनुसन्धान गर्दा उनी र उनका परिवारको पासपोर्ट हेर्दा नेपाल बस्ने समय अवधि नै सकिसकेका थियो ।बेलायतका ६६ वर्षीय नागरिक रोय वल्स्टनक्रफ्ट पोखरा १७ बिरौटामा फ्ल्याट लिएर बस्थे । उनले आफ्नो कोठामा चोरी भएको भन्दै गत फागुन १२ गते आफैँले प्रहरीलाई खवर गरे । पर्यटक प्रहरीले उनको पासपोर्ट चेकजाँच गर्दा उनी गैरकानुनी रुपमा ओभर स्टे बसेको फेलापरेपछि फागुन २६ गते पक्राउ गरी विभाग पठायो पछिल्लो पटक भने अवैध रुपमा बस्दैआएका रसियन नागरिक यही असार १६ गते पक्राउ परेका हुन् । रसियन नागरिक निकोले ओलेगोभिच सोमबार पासपोर्ट र भिसाविना नै पोखराको लेकसाइडमा नशालु पदार्थ खाएर लट्ठ परेको अवस्थामा फेला पारेको हो ।उनले क्युरियोका सामाग्री बिक्री गर्दैआएको पनि क्षेत्रीले बताए । यसरी पोखरामा पछिल्ले समयमा नागरिकले दिएको सूचनाको आधारमा अवैध रुपमा बस्ने र विभिन्न कारोवार गर्ने विदेशी नागरिक धमाधम पक्राउ पर्न

Related Articles

Back to top button