अन्तर्राष्ट्रिय

ब्यापारी चढेको हेलीकप्टर दुर्घटना सवार सबैको मृत्यु।

।एजेन्सी । अमेरिकामा एकजना अर्बपति व्यापारी हेलिकोप्टर दुर्घटनामा परेका छन् । कोइला खानीका मालिक क्रिस क्लाइनको बहमास नजिकै समुन्द्रमाा होलिकोप्टर खस्दा बिहिबार मृत्य भएको हो । ६१ वर्षको पूर्वसन्ध्यामा उनको निधन भएको हो ।घटनामा क्लाइनसहित उनकी छोरी, छोरीका तीन साथीहरु, हेलिकोप्टर चालक दुर्ईजना चढेर बिग ग्रान्ड क्लेबाट विमान उडेको थियो । मर्नेहरुमा क्लाइनकी छोरी क्यामरोन क्लाइन, २२ वर्ष, ब्रिटनी लाइनी सियरसन २१ वर्ष, जिलियन निकोल क्लार छन् । उनीहरु केमरन क्लिनको साथी हुन् । दुर्घटनामा मारिनेहरुमा चालक ५६ वर्षीय डेभिड जुडे छन् । दुर्घटनाग्रस्त हेलिकोप्टर फोर्ट फ्लोरिडाको लाउडेरडेलतर्फ उडेकोमा गन्तव्यमा नपुगेपछि खोजी भएको थियो ।निजी होलिकोप्टरमा चढ्ने अर्बपति क्लिन निकै संघर्ष गरेर उचाईमा पुगेका थिए । उनका बाबु आमा कोइला खानीमा काम गर्थे । २२ वर्षकै उमेरमा खानीको भूमिगत स्थानमा काम गर्थे । त्यसको एक वर्षपछि आफ्नै खानी कम्पनि खोलेका थिए । उनी चमत्कारिक व्यवसाय गरेर सफलता हासिल गरेका अर्बपति हुन् ।हेलिकोप्टर खसेपछि ग्रान्ड क्लेभन्दा १६ फिट मुनी पानीमा घोप्टिएको अवस्थामा फेला परेको थियो । बहमास प्रहरीले चार महिला र तीन पुरुषको शव भेटिएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् सिन्धुली, २२ असार । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) लाई शनिबार राति विनावर्दीका प्रहरीले कुटपीट गरेका छन ।

कमलामाइ नगरपालिका ६ शिवनगरमा होटलमा खाजा खाइरहेका बेलामा आई भिडियो खिचेको र भिडियो नखिच्न आग्रह गर्दा कार्कीमाथि आक्रमण भएको हो ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार काभ्रे खावा ६ घर भएका ३० वर्षीय सलाम सिंह लामा र प्रहरी जवान काभ्रे पनौती ७ का २८ वर्षीय विकास सिंह स्याङतानले कार्कीमाथि कुटपिट गरेका हुन् ।अध्यक्ष कार्कीको हेलमेटले कुटेका कारण टाउकोमा गम्भिर चोट लागेको छ । वेहोस अवस्थामा रहेका कार्कीको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि राति नै काठमाडाैं रिफर गरिएको सिन्धुली अस्पतालका डाक्टर सुमित्र गौतमले बताइन् ।पत्रकार महासंघका पूर्व अध्यक्ष मीनकुमार दाहालसँगै खाजा खाईरहेका अध्यक्ष र दाहाल दुवै माथि हातपात भएको तर दाहाललाई भने ठूलो चोट लागेको छैन ।घटनापछि अभियुक्त प्रहरीहरुलाई तत्काल पक्राउ गरी राति नै पत्रकारहरूको बीचमा सार्वजनिक गरिएको छ ।नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डे, सचिव विदुर पौडेल, पूर्व अध्यक्षहरू राजकुमार कार्की, सञ्जय दाहाल, श्यामहरि अधिकारी, मीनकुमार दाहाल लगायतका जिल्लाका पत्रकारहरूले जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी चक्रबहादुर सिंह, डिएसपी लोकदर्शन थापासँग घटना र घाइतेको उपचारका सन्दर्भमा छलफल गरेका छन् ।छलफलमा एसपी सिंहले घाइतेको उपचारको प्रवन्ध गर्ने र दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Related Articles

Back to top button