समाचार

दुखद खबर भर्खरै स्कुल बस दुर्घटना

मोरङ – आइतबार बिहान मोरङको बुढींगंगा गाउँपालिका ४ मा स्कुल बस दुर्घटना हुँदा दुई जना शिक्षिका घाइते भएका छन् ।विद्यार्थी लिन गइरहेको को १ ख १९८२ नम्बरको बस गाउँपालिकाको भित्री खण्डमा पर्ने सडकमा दुर्घटना भई नहरमा खसेको थियो । दुर्घटनामा बुढींगगा १ स्थित जुभियर्स बोड्रिङ स्कुलका शिक्षिका २२ वर्षीया युनिका घिमिरे र २४ वर्षीया सम्झना अधिकारी घाइते भएका छन् ।घाइतेहरुको विराटनगर स्थित नोवेल मेडिकल टिचिङ अस्पतालमा उपचार भइरहेको छ । चालक ५२ वर्षीय बलराम खतिवडालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।चन्दन रौनियार सुनसरी /मोरङको पथरीशनिश्चरे –३ स्थित भित्री सडकखण्डमा बुधबार स्कुल बस दुर्घटना हुँदा ३२ जना विद्यार्थी घाइते भएका छन् भने घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । बा १ ख ८००२ नम्बरको पथरीशनिश्चरे–३ स्थित ज्योति विकास बाल संरक्षण बोर्डिङ स्कुलको बस साँझ ५ बजे दुर्घटना भएको प्रहरीले

जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाईते भएका सोही विध्यालयका चार जना विद्यार्थीलाई विराटनगरस्थित न्युरो अस्पतालमा ल्याइएको छ ।काठमाडौं- काठमाडौंको बबरमहलमा स्कुटर र ट्याक्सी एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–८ का १९ वर्षीय दीपक थापा रहेका छन् माइतीघरबाट बानेश्वर जाँदै गरेको बा८३प ४०३५ स्कुटी र बानेश्वरबाट माइतीघरतर्फ आउँदै गरेको बा२ज ११८८ नं को ट्याक्सी काठमाडौं महानगरपालिका–११ स्थित बबरमहल सडकमा एकआपसमा ठोक्किएको थियो ।स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० का रोहितसिंह ठकुरीको भने माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल उपचार भइरहेको छ दुर्घटनापछि खोटाङ घर भएका ट्याक्सी चालक मिलन राई र ट्याक्सी प्रहरीको नियन्त्रणमा छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।काठमाडौँ, २१ असार । काठमाडौंमा शनिबार सवा ४ बजे भूकम्पको धक्का महसुस गरिएको थियो ।भक्तपुरलाई केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भूगर्भ विभाग र भूकम्प मापन केन्द्रले जनाएको छ । मानिसहरु त्रसित भइ घर बाहिर निस्केका थिए । पराकम्पन आईरहन सक्ने भन्दै संयमित रहन आग्रह गरिएको छ ।

Related Articles

Back to top button