समाचार

चार लाख मिलाइदिने भन्दै बलात्कार गरेको आरोपमा बैँक कै मेनेजर पक्राउ

काठमाडौं । एक महिलालाई यौनसम्पर्क गर्न दिए बैँकबाट चार लाख ऋण मिलाइदिने भन्दै बैँककै मेनेजरले बलात्कार गरेका छन् । मोरङको धनपालथान गाउँपालिका–४ कर्सीयास्थित नेपाल–बंगलादेश बैंक शाखा कार्यालयका प्रमुख अमित बास्तोलाले महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बास्तोलालाई २०७५ चैत २२ गते कर्जा माग्न गएकी एक सेवाग्राहीलाई होटलमा लगेर बलात्कार गरेको आरोप लागेको छ । बैंक मेनेजरलाई ५ दिन अगाडी नै पक्राउ गरिएको भएपनि प्रहरीले भन गुपचुप राखेको थियो । घटना बाहिरिएपछि उनी फरार थिए । प्रहरीकाअनुसार विराटनगर महानगरपालिका–४ घर भएकी महिला कर्जा माग्न बैंक पुगेकी थिइन । सेक्स गर्न दिनेभए मात्रै कर्जा उपलब्ध गराउने भनेर बास्तोलाले भनेपछि प्रतिवाद गरेको तरआफूमाथिजवरजस्ती गरेको भनी महिलाले किटानी जाहेरी दिएको प्रहरीको भनाइ छ ।पीडित महिलाले चार लाख कर्जा मागेको खुलेको प्रहरीले जनाएको छ । झापाको बुधबारेघर भएका बैंक मेनेजर बास्तोलालाई पक्राउ गरी जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीलेजानकारीदिए

पक्राउ परेका सम्पूर्ण माथि प्रहरीले अनुसन्धान अगाडी बढाइसकेको छ।प्रकाशित : मङ्गलबार, असार २४, २०७६१७:२५नेत्र विक्रम चन्द समूहले बर्दियाको गेरुवा गाउँपालिका-६ को कार्यालयमा आगलागी गरेको छ । सोमबार मध्यरातमा चन्द समूहले आगजानी गर्दा वडा कार्यालयको लेखाफाट जलेर पुरै नष्ट भएको छ । उनीहरुले कार्यालयका अन्य दुई कोठामा पनि आगजानी गरेको प्रहरीले जनाएको छ ।आगो निभाउन जाने क्रममा इलाका प्रहरी कार्यालय पाताभार प्रहरी निरिक्षक खेमबहादुर मल्ल गम्भीर घाइते भएका छन् । आगो निभाउने क्रममा छत ढलेर लाग्दा उनी गम्भीर घाइते भएका हुन् । उनलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरी नयाब उपरीक्षक मदनजीत महराले जानकारी दिए ।डीएसपी महराका अनुसार घटनास्थलमा चन्द निकट भेरी कर्णाली ब्युरोको पर्चा भेटिएको छ । घटनास्थलमानेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको डीएसपी महराले जानकारी दिए ।घटनास्थल सदरमुकाम गुलरियाबाट ५० किलोमिटर पश्चिम उत्तरमा पर्छ ।

Related Articles

Back to top button