समाचार

काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेकाे बस दुर्घटना

ओखलढुंगा, २५ असार । ओखलढुङ्गामा बुधबार बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् । काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेकाे मे १ ख १८९१ नम्बरको बस सिद्धिचरण राजमार्ग अन्तरर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ मा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । मृत्यु हुनेमा दुुई जना पुरुष र एक जना महिला रहेका छन् ।घाइतेमध्ये चार जनालाई उपचारका लागि काठमाडाैं ल्याइएको छ । बाँकी घाइतेलाइ उदयपुरको घुर्मीमा रहेको स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।दुर्घटना बुधबार बिहान ३ बजेतिर भएको हो । चिप्लो बाटो भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको भए पनि दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।अछाम,असार २५ । मंगलसेन नगरपालिका–१ कुन्तीबण्डालीको ढुंगानीमा पाहुना आएका ससुरा र ठूलोबुवाको दाउराको चिर्पटले हानेर एक युवकले मंगलबार मध्यरातमा दुई जनाको हत्या गरेका छन् ।ढुंगानी निवासी

अन्दाजी २८ वर्षीय लफे भनिने पिरमकुमार साउँदले सोही ठाउँमा बस्ने ठूलोबुवा ७२ वर्षीय देउसिंह थापा र ५५ वर्षीय ससुरा विरभान थापालाई दाउराको
चिर्पटले हानेर हत्या गरेको अछाम प्रहरीले जानकारी दिएको छ ।घटनामा संलग्न भनिएका साउँद सोही नगरपालिका–२ को खम्बबाट पक्राउ परिसकेका छन् । घटनाको कारण भने नखुलेको र थप अनुसन्धान भइरहेको अछाम प्रहरीको भनाइ छ ।ससुराको घर घटनास्थलबाट पैदल करिब आधा घण्टाको दूरीमा रहेको बताइएको छ । हत्या आरोपित साउँदकी श्रीमतीलाई उदृत गर्दै अछाम प्रहरीका अनुसार राति घर बाहिर आउजाउ गरिरहेको र ठूलो बुवा र ससुराले सुत्न भनेपछि घटना भएको बताइएको छ ।राती करिब एक बजे भएको घटनामा प्रहरीलाई पौने चार बजे खबर पाएलगतै डिएसपी जनकबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरीको टोलीले घटनाका बारेमा जानकारी लिएको छ ।

Related Articles

Back to top button