समाचार

पाहुना आएका ससुरा र ठूलो बुवाको हत्या

अछाम,असार २५ । मंगलसेन नगरपालिका–१ कुन्तीबण्डालीको ढुंगानीमा पाहुना आएका ससुरा र ठूलोबुवाको दाउराको चिर्पटले हानेर एक युवकले मंगलबार मध्यरातमा दुई जनाको हत्या गरेका छन् ।ढुंगानी निवासी अन्दाजी २८ वर्षीय लफे भनिने पिरमकुमार साउँदले सोही ठाउँमा बस्ने ठूलोबुवा ७२ वर्षीय देउसिंह थापा र ५५ वर्षीय ससुरा विरभान थापालाई दाउराकोचिर्पटले हानेर हत्या गरेको अछाम प्रहरीले जानकारी दिएको छ ।घटनामा संलग्न भनिएका साउँद सोही नगरपालिका–२ को खम्बबाट पक्राउ परिसकेका छन् । घटनाको कारण भने नखुलेको र थप अनुसन्धान भइरहेको अछाम प्रहरीको भनाइ छ ।ससुराको घर घटनास्थलबाट पैदल करिब आधा घण्टाको दूरीमा रहेको बताइएको छ । हत्या आरोपित साउँदकी श्रीमतीलाई उदृत गर्दै अछाम प्रहरीका अनुसार राति घर बाहिर आउजाउ गरिरहेको र ठूलो बुवा र ससुराले सुत्न भनेपछि घटना भएको बताइएको छ ।राती करिब एक बजे भएको घटनामा प्रहरीलाई पौने चार बजे

पक्राउ परेका सम्पूर्ण माथि प्रहरीले अनुसन्धान अगाडी बढाइसकेको छ।प्रकाशित : मङ्गलबार, असार २४, २०७६१७:२५नेत्र विक्रम चन्द समूहले बर्दियाको गेरुवा गाउँपालिका-६ को कार्यालयमा आगलागी गरेको छ । सोमबार मध्यरातमा चन्द समूहले आगजानी गर्दा वडा कार्यालयको लेखाफाट जलेर पुरै नष्ट भएको छ । उनीहरुले कार्यालयका अन्य दुई कोठामा पनि आगजानी गरेको प्रहरीले जनाएको छ ।आगो निभाउन जाने क्रममा इलाका प्रहरी कार्यालय पाताभार प्रहरी निरिक्षक खेमबहादुर मल्ल गम्भीर घाइते भएका छन् । आगो निभाउने क्रममा छत ढलेर लाग्दा उनी गम्भीर घाइते भएका हुन् । उनलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरी नयाब उपरीक्षक मदनजीत महराले जानकारी दिए ।डीएसपी महराका अनुसार घटनास्थलमा चन्द निकट भेरी कर्णाली ब्युरोको पर्चा भेटिएको छ । घटनास्थलमानेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको डीएसपी महराले जानकारी दिए ।घटनास्थल सदरमुकाम गुलरियाबाट ५० किलोमिटर पश्चिम उत्तरमा पर्छ ।

Related Articles

Back to top button