समाचार

भर्खरै काठमाडौं – मा घट्यो अर्को डरलाग्दो घटना। प्रहरीनै चकीत।

काठमाडौं । नेपाल प्रहरीको सीआईबीको डीएसपी हुँ भनि ठगी गर्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले सीआईबीको डीएसपी हुँ भन्द‌ै ठगी गर्ने राजेन्द्र प्रसाद लुईटेललाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–२ का ३८ वर्षीय लुईटेल रहेको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी कुमार विक्रम थापाले पुष्टि गरे ।

डीएसपी थापाका अनुसार लुईटेललाई नगार्जुन नपा ७ सितापाईलाबाट पक्राउ गरि अनुसन्धान सुरु गरिएको छ ।

थापाले भने, ‘लुईटेलले चन्द्रागिरी नपा–३ बस्ने विजय तामाङलाई म सीआईबीमा कार्यरत प्रहरीको डीएसपी हुँ, मेरो सेक्युरिटी कम्पनी रहेको र सो कम्पनीमा ५ प्रतिशत सेयर हाल्नु भन्दै १ लाख ६० हजार पर्छ भनि पटक–पटक भेट तथा फोन समेत सम्पर्क गरि रकम मागेको पाइयो । घटनाको पीडितले १० हजार दिइसकेको र अन्य रकम माग गर्दै गरेको अवस्थामा पक्राउ गरेका हौँ ।’

पक्राउ परेका नक्कली डीएसपी लुईटेलको साथबाट एक थान प्रहरीले बोक्ने जस्तै वाकीटकी सेट, चार्जर र नगद १० हजार समेत बरामद भएको छ ।

लुइँटेल सशस्त्र प्रहरीको भगौंडा प्रहरी रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनलाई ठगीको आरोपमा मुद्धा चलाउने तयारी प्रहरीले गरेको छ ।

केही दिनअघि लुईटेलले एक व्यक्तिको मोटरसाइकल मागष्ेर ७ दिनसम्म फरार भएको समेत पाइएको छ । पक्राउ परेका लुईंटेलले धेरैलाई ठगी गरेको हुनसक्ने बताइएको छ ।

Related Articles

Back to top button