समाचार

२ दिन नेपाल बन्द आन्दोलनको घोषणा

काठमाडौँ । लोकसेवा आयोगले निकालेको विज्ञापनको विरुद्ध विज्ञापन खारेज गर्न माग गर्दै आरक्षण बचाऔँ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले मसाल जुलुस, विशाल जनप्रदर्शन र नेपाल बन्द गर्ने जनाएको छ ।संघिय गणतन्त्र नेपालको संविधान विपरित, समानुपातिक समावेशी सिद्धान्तको भावना र आरक्षणको मर्मविपरीत लोकसेवा आयोगले विज्ञापन निकालेको महासंघको भनाई छ । संविधानप्रदत्त आरक्षण सुनिश्चित गर, राज्य व्यवस्था समितिको निर्देशन पालना गर, आरक्षण सुनिश्चित गरी पुनः विज्ञापन गर’लगाएतका नारासाथ आदिवासी/मुलबासी/जनजातिहरुले विरोध प्रर्दशनमा नेपालको संविधानमा भएको समावेशी व्यवस्थालाई पूर्ण कार्यान्वयन हुनुपर्ने माग गरेको बताइएको छ । महासंघले असार २८ गतेदेखि साउन १० गतेसम्म आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । असार २९ गते काठमाडौ उपत्यकाको विभिन्न स्थानमा मसाल जुलुस, असार ३१ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन, साउन
२ र १० गते नेपाल बन्द घोषणा गरिएको नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरले ईहुलाकीलाई जानकारी दिए । ।आन्दोलनका कार्यक्रमहरू२९

गते मसाल जुलुस३० गते सिठी जुलुस३१ गते काठमाडौँ र देशभरि विरोधसभा २ गते बन्दजुन दिन परीक्षा हुन्छ, त्यही दिन अर्को बन्द ।काठमाण्डौ/ बिप्लब समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार देखिएको छ । उक्त समूहको साताअघि बसेको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्ता बस्ने निर्णय गरेको हो । नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सुझावअनुसार वार्तामा बस्ने निर्णय गरेको स्थायी कमिटीका एक सदस्यले बताए ।यसअघि सरकारले पत्र पठाएको हल्ला मात्र र्गयो’, पत्र पठाएन,’ उनले भने, ‘यसपटक पार्टीले वार्ता बस्ने औपचारिक निर्णय गरेको छ । सरकार पनि इमानदार भएर आउनुपर्छ ।’ यसअघि चन्द समूहले पक्राउ परेका नेतारकार्यकर्तालाई रिहा नगरेसम्म वार्ता नबस्ने भन्दै आएको थियो ।वार्तामा आउने निर्णयलाई सरकारले कमजोरीका रूपमा लिए मुलुकका लागि दुर्भाग्य हुन्छ,’ ती केन्द्रीय सदस्यले भने, ‘सरकारले कस्तो रबैया देखाउँछ, हेरौं ।’ ठूलो संख्यामा नेतारकार्यकर्तालाई पक्राउ गर्दासमेत आम जनचाहनाअनुसार वार्तामा बस्ने निर्णय गरिएको उनले दाबी गरे । कान्तिपुर दैनिकमा खबर छ ।

Related Articles

Back to top button