समाचार

। झापामा मोटरर साईकलको सिट चेक गर्दा प्रहरी नै चकित

काठमाडौँ : झापाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले मंगलवार लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।झापाको मेचीनगर नगरपालिका-६ भन्सार गेटबाट प्रहरीले मंगलवार लागूऔषध सहित भद्रपुर नगरपालिका-३ बस्ने बर्ष-२९ को दल बहादुर लिम्बुलाई पक्राउ गरेको हो ।लिम्बुलाई दिउँसो ३ बजे नाईट्रोजन चक्की-१० एम्पुल र स्पास्मोप्रोक्सिभन ट्याब्लेट-८० चक्की सहित इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको छ । त्यसैगरी शिवसत्ताक्षी नगरपालिका-१० बाट प्रहरीले लागूऔषध खैरो हेरोईन सहित मोरङ केराबारी गाउँपालिका-९ बस्ने वर्ष २० को रुबिन थापा र वर्ष १८ को अरुण लिम्बुलाई पक्राउ गरेको हो ।अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले अपरान्ह पौने ६ बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३७ प ७९९१ नम्बरको मा चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिटमुनी लुकाई छिपाई राखेको १ ग्राम खैरो हेरोईन बरामद गरेको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखि थप अनुसन्धान भईरहेको छ ।प्रकाशित : बुधबार, बैशाख २५, २०७६०६:१२चितवन- पूर्वी चितवनको राप्तीमा आज बिहान एक समूहले चोरी गर्ने क्रममा कुटपिट गर्दा वृद्ध दम्पती घाइते भएका छन् । उनीहरुको साथबाट चोरी गर्ने समूहले गरगहना लुटेर लगेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राप्ती नगरपालिका–७ बस्ने ७६ वर्षीय ओम शर्मा पोखरेलको घरमा आज बिहान करीब २ बजे दुई जनाको समूहले मास्क लगाएर चोरी गर्ने क्रममा पोखरेल दम्पतीलाई आक्रमण गरेको हो । सो क्रममा पोखरेल र श्रीमती ६५ वर्षीया मनरुपा घाइते हुनुभएको छ ।उहाँहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । मनरुपाको कानको गहना लुट्ने क्रममा कानको लोती चुँडिएको जनाइएको छ । उहाँहरुको साथबाट रिङ् र सिक्री गरी करीब दुई तोला सुन लुटिएको प्रहरीले जनाएको छ । पोखरेल दम्पतीको अवस्था खतरामुक्त रहेको र चोरी गर्ने समूहको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जनाकारी दिनुभयो ।

Related Articles

Back to top button