देसै भर बाढी आतंक अहीले सम्म ४ जनाको मृत्यु ठुलो धनजन को क्षती
काठमाडौं । शुक्रबार बिहानैदेखि आएको अविरल वर्षाको कारण देशको जनजीवन प्रभावित बनेको छ । मुख्यतः तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेको छ ।नेपाल प्रहरीको तथ्याङ्कअनुसार हालसम्म ११ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा स्थानीयहरु त्रसित बनेका छन् काभ्रेमा ३ जनाको मृत्युबिहानैदेखि परेको अविरल वर्षाको कारण आएको पहिरोले पुरिँदा काभ्रे र रामेछापमा गरी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।काभ्रेको नाला भन्ने ठाउँमा पहिरोले पुरिँदा २ जनाको र रामेछापमा १ जनाको मृत्यु भएको आईजी सचिवालयका एसपी रमेश थापाले रातोपाटीलाई जानकारी दिए ।यस्तै काभ्रेमा पहिरोले किच्दा ३ जना घाइते भएको एसपी थापाले बताए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।सिन्धुली : लगातारको वर्षाका कारण पहिरोले गोठ बगाउँदा सिन्धुलीमा एकजनाको मृत्यु भएको छ भने दर्जनौं घरमा
क्षति पुगेको छ। मंगलबार साँझबाट परेको अविरल वर्षासँगै आएको पहिरोले गोठ बगाउँदा सिन्धुलीको फिक्कल गाउँपालिका १ महादेवडाँडामा एक ३५ वर्षीया महिलाको मृत्यु भएको छ।गोठमाथिबाट आएको पहिरोले बगाउँदा स्थानीय ३५ वर्षकी हेमकुमारी सुनुवारको मृत्यु भएको फिक्कल गाउँपालिकाकी उपाध्यक्ष
पार्वती सुनुवारले जानकारी दिइन्। गोठमा रहेका गाईवस्तुलाई घाँस हाल्न गएकी सुनुवारलाई पहिरोले पुरेको उनको भनाई छ। पहिरोले सुनुवारको गाई तथा बाख्राहरु समेत पुरेको उपाध्यक्ष सुनुवारले बताइन्। घटनास्थमा प्रहरी र गाउँपालिकाको टोली जाँदै गरेको उनले जानकारी दिइन्।यस्तै, गोलन्जोर गाउँपालिका ३ भुवनेश्वरीमा पनि पहिरोले गोठ भत्काउँदा निरबहादुर मगरको एउटा बाख्रो मरेको छ। सोही ठाउँमा जनता ग्यारेजको तीनकोठे घरमा वर्षातले क्षती पुर्याएको स्थानीय गौरव कार्कीले जनाकारी दिए।उता जिल्लाको कमलामाई नगरपालिका ३ चपौलीका इन्द्रबहादुर विकको दुई घरमा पहिरोले क्षती पुर्याएको विकले जनाकारी दिए। जिल्लाकै सुनकोसी गाउँपालिका ७ मझुवाको ट्याङट्याङमा गोकुल भुजेलको घरपनि पहिरोले क्षति पुर्याएको उनले जनाए।यो संगै जिल्लाका कमलाखोंच, तिनपाटन, मरिणमा आधा दर्जनबढी घरमा क्षति पुगेको बताइएको छ। लगातारको वर्षातका कारण जिल्लाका दर्जनौं बस्ती जोखिममा परेका छन्। भूकम्पले चर्किएका बस्तीमा लगातारको पानीले पहिरो बग्न थालेपछि बस्ति जोखिममा परेका हुन्।