समाचार

६६ यात्रु लिएर काठमाडौं आएको बिमान दुर्घटना

काठमाडौं : यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको धावन मार्गमा चिप्लिएपछि विमानस्थल बन्द गरिएको छ।विमान हटाउन लगायतका कामका लागि १ घन्टा विमानस्थल बन्द गरिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए।विमानस्थलबाट सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रय उडानहरु रद्द गरिएका छन्। विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेका चारवटा उडान डाइभर्ट गरिएका छन्। नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, एअर अरेबिया, चाइना साउदर्नका जहाज अन्यत्र डाइभर्ट गरिएको हो।६६ यात्रु लिएर नेपालगञ्जबाट काठमाडौं आएको एएम्एम् एटीआर ७२ जहाज अवतरणका क्रममा धानवमार्गबाट चिप्लिएको थियो। जहाजका सबै यात्रुहरु सकुशल छन्।काठमाडौँ । नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको

विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।विमानस्थल प्रहरीका अनुसार यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो । विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन ।विमानस्थलका एसपी कृष्ण प्रसाद कोइरालाकाअनुसार जहाजमा रहेका सबै यात्रुलाई सकुशल निकालिएको र २ जनालाई चाहिँ उपचारको लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ ।धावनमार्गमै जहाज चिप्लिएपछि अहिले विमान उडान अवरुद्ध बनेको छ ।ल्हासाबाट काठमाडौं आएको सिचुवान एयरलाइन्स, कोलकताबाट काठमाडौं आइरहेको बुद्ध एयर र दोहाबाट काठमाडौं आइरहेको कतार एयरलाइन्स आकाशमा होल्ड भएको छ

Related Articles

Back to top button