समाचार

काठमाडौँमा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडाैँ, २७ असार । काठमाडौँको मुलपानीमा छिमेकी घरको पर्खाल भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका २० वर्षीया निलु यादव, ३५ वर्षीया सर्मिला यादव र कुन्दन यादवको मृत्यु भएको हो ।बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा खस्दा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी वृत वौद्धका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।उनीहरु मजदुरी गरेर गुजारा चलाउँदै आएका थिए ।काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आएको यति एयरलाइन्सका विमान अवतरणका क्रममा चिप्लिएपछि विहान ११ बजेदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिलेसम्म सञ्चालनमा आएकाे छैन ।विमानस्थलका सम्पूर्ण उडान तथा अवतरण बन्द भएको विमानस्थल याे समाचार तयार पार्दासम्म सञ्चालनमा

आउन नसकेकाे हाे ।त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले विमानस्थल शुक्रबार दिनभर सञ्चालनमा नआउने बताउनुभयाे ।उहाँका अनुसार यति एयरलायन्सको विमानस्थल धावनमार्गछेउको घाँसे मैदानमा पुगेको छ । विमान नकिकालेसम्म विमान सञ्चालन नआउने र विमान निकाल्नको लागि पानी परिरहेको अहिले नसकिएको क्षेत्रीको भनाइ छ । यद्यपि विमानस्थल सञ्चालनबारे महाप्रवन्धक क्षेत्रीले पनि निश्चित समय भने बताउन सक्नुभएन ।यसअघि विमानस्थल दिउँसो दुई बजेसम्म सञ्चानमा आउने बताइएको थियो । विमानस्थल अवरु भएपछि काठमाडौं आएका चारवटा विमानस्थगल आकाशमा १ घण्टा फन्को मार्दै फर्किएका थिए ।काठमाडौं । क्यानडामा ३५ यात्रु सवार जहाज दुर्घटना भएको छ । टोरण्टोबाट अष्टे«लियाको सिड्नी उडान गरिरहेको एयर क्यानडा–३३ जहाज टर्बुलेन्स (हावामा आउने अस्वाभाविक हलचल) मा परी दुर्घटना भएको हो । दुर्घटनामा ३५ यात्रु घाइते भएका छन् । जहाज अमेरिकाको हवाई राज्यस्थित होनोलुलुको विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । मौसम विदहरुले एअर टर्बुेलेन्सबारे पूर्वानुमान गर्न सक्दैनन्

Related Articles

Back to top button