समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडानमा राेक

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले साँझ सात बजेसम्मका लागि ‘नोटाम’ जारी गरेको छ । नोटाम अर्थात् विमान उडाउनका लागि ‘विमानचालकलाई सूचना’ जारी गर्दै विमानस्थलले धावनमार्गमा चिप्लिएको यति एयरलायन्सको विमानकाे अवरोध हटाउनका लागि सबै संयन्त्र सञ्चालनमा ल्याइएको जानकारी दिएको छ । साँझ सात बजेसम्म ‘नोटाम’ जारी गरे पनि जहाज हटाउन त्योभन्दा बढी समय लाग्नसक्ने जनाइएको छ । धावन मार्गमा रोकिएको विमानलाई तानेर ‘ह्याङ्गर’ (विमान पार्किङ स्थल) तर्फ लैजान नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका प्राविधिक खटिएका छन् । विमानलाई अगाडिबाट तानेर लैजाने लामो प्रयास असमर्थ भएपछि पछाडिबाट तान्ने प्रयास भैरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिनुभयो ।नेपालगञ्जबाट आएको यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएपछि बिहान ११ बजेदेखि उडान र अवतरण बन्द भएको छ ।धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको विमान नहट्दा काठमाण्डौ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विभिन्न विमानलाई भारतको लखनउलगायतका गन्तव्यमा ‘डाइभर्ट’ गरिएको विमानस्थलले जनाएको छ । भक्तपुर – अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा

पस्न थालेपछि भक्तपुरमा डुबान भएको छ । बिहीबारदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सर्तकतामा रहन आग्रह गरेको छ भने नदी किनारामा बसेका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले हनुमन्तेमा बाढी बढेकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको बताउनुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रजिअ सहित नेपाली सेना, प्रहरीसहितको टोलीले डुबानको जोखिममा रहेको क्षेत्रहरुको अनुगमन समेत गरेको छ ।प्रजिअ भन्नुभयो, ‘हनुमन्ते नदी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेका छौँ, बाढी बस्तीमा पसेमा तत्काल उद्धार गर्न नेपाली सेना, प्रहरीलगायतको विपद् व्यवस्थापनका टोली समेतलाई तयारीमा राखेका छौँ, नेपाली सेनाका टोली जोखिम रहेको ठाउँमा परिचालन भएका छन् ।’नदी थुनिएको ठाउँहरुमा नेपाली सेनाको टोलीले खोला खोल्ने काम गरिरहेका छन् । बाढी भक्तपुर नगरपालिकाको सूर्यविनायक राम मन्दिर, बाराहीस्थान, मध्यपुरथिमिको राधेराधे, शंखधर चोक, सूर्यविनायक नगरपालिकाको बालकोट, चारदोबाटोलगायतका क्षेत्रमा बाढी बस्तीमा पस्न थालिसकेका छन् । शंखधर चोकबाट दधिकोट जाने पुल भासिएको छ । मध्यपुरथिमि नगरपालिकाका बिस्कुट कारखाना, तरकारी बजारलगायतका क्षेत्र डुबानमा परेका छन् ।

Related Articles

Back to top button