समाचार

रिम्का जाँदै गर्दा १६ वर्षीया कौशिलाको आयो दुखद खबर

रुकुमपश्चिम, २७ असार । आठबीसकोट नगरपालिकामा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ । पहिरोसँगै खसेको ढुङ्गा लाग्दा वडा नम्बर ५ गोतामकोट रिम्काकी १६ वर्षीया कौशिला बस्नेतको मृत्यु भएको हो ।जलिगारबाट रिम्का जाँदै गर्दा फारुलाको भिरमा पहिरोसँगै आएको ढुङ्गा लाग्दा बस्नेतको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष प्रजित विकले जानकारी दिनुभयो । उहाँका अनुसार बस्नेतको आज बिहान १०ः०० बजे मृत्यु भएको हो । मृतक बस्नेत सरस्वती माध्यमिक विद्यालय मिग्रीमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्थ्यो । –राससकाठमाण्डौ – लगातारको झरीका कारण आएको बाढी पहिरोमा परि १७ जनाको ज्यान गएको छ । बाढी पहिरोमा परि ७ जना बेपत्ता भएका छन् । त्यस्तै बाढी पहिरोमा परि ७ जना घाइते भएका छन् ।काठमाण्डौमा एकै परिवारका ३ जनाको ज्यान गयोघरको पर्खाल भत्किँदा काठमाण्डौको मूलपानीमा एकै पििरवारका तीन जनाको ज्यान गएको छ । मूलपानीको बाबाचोकको नजिकै रहेको घरको पर्खाल भत्किँदा बारा देवताल गाउँपालिका ५ घर भई अहिले कागेश्वरी मनोहरा–६, मूलपानी बस्ने ३५ वर्षीया शर्मिला यादव, गर्भवती रहेकी ३० वर्षीया नितु यादव र १३ वर्षीय कुन्दन यादवको ज्यान गएको हो ।खोटाङमा आमा र दुई छोराको शव भेटियोखोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखाको पहिरोमा परि हराएका तीन जनाको शव भेटिएको छ । शुक्रबार बिहान पहिरोले घर बगाउँदा हराएका २९ वर्षीया रेखा राईसँगै

उहाँका ४ वर्षीय छोरा रमण र ७ महिने छोरा रोजनको शव निकालिएको प्रहरीले जनाएको छ । रेखाका श्रीमान् विष्णु भने भागेर बाँचेका प्रहरीले जनाएको छ । भोजपुरमा दुई जनाको ज्यान गयोयस्तै, पहिरोले पुरिएर भोजपुर रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका जनक विकको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै, पहिरोले घर पुर्दा काभ्रेको बनेपा नगरपालिका ३ चुनतालमा पहिरोले घर बगाउँदा हजुरआमा गोमा दंगाल र उहाँकी नातिनीको ज्यान गएको छ । पहिरोमा परेर दुई जना घाइते भएका छन् ललितपुरको बाग्मती गाउँपालिका–२ माल्टामा पञ्चलाल जिम्माको घर पहिरोमा पुरिँदा ११ वर्षका छोरा सरोज जिम्माको ज्यान गएकोे बाग्मती गाउँपालिकाले जनाएको छ । अर्को छोराको भने उद्दार गरिएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले बताउनुभयो ।यस्तै गोठ भत्किँदा रामेछाप नगरपालिका–५, रामपुरकी पदम कुमारी सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै सिन्धुलीको फिक्कल गाँउपालिका १ महादेवडाँडाकी हेमकुमारी सुनुवारको पहिरोले बगाएर ज्यान गएको छ । बिहान गोठमा गाईबस्तुलाई कुँडो दिँदैगर्दा पहिरोले गाठ बगाउँदा सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ ।यस्तै पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ का ११ वर्षीय निखिल पटेलको बाढीमा डुबेर ज्यान गएकोे छ । सिङ्गीयाही खोलामा आएको बाढीबाट दाउरा तान्न खोज्दा उनी डुबेकाे प्रहरीले जनाएको छ । यस्तै, धादिङको गजुरी गाउँपालिका ४ बालुवाडाँडामा घर भत्किँदा कृष्णबहादुर तामाङकी ८ वर्षीया छोरी अस्मिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

Related Articles

Back to top button