समाचार

दाङको ग्वार खोलाले बस बगायो,

।दाङ – ग्वार खोलामा आएको बाढीले बस बगाएको छ । खोलामा धुँदै गरेको बसलाई एक्कासि आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।प्रहरीले चालक र सह–चालकलाई भने सकुशल उद्धार गरेको छ । ना ४ ख ३५६५ नम्बरको बसका चालक रमेश थापा र सह-चालक निर्मल पुनको सकुशल उद्दार गरिएको हो ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाही, सशस्त्र प्रहरीका डीएसपी रोमबहादुर कार्कीलगायतको टिम खोलामा पुगेर चालक र सह-चालकको उद्दार गरेको हो ।उद्धारमा खटिएका डीएसपी शाही खोलामा चिप्लिएर सामान्य घाइते हुनु भएको छ । उहाँको टाउको र ढाडमा चोट लागेको छ ।ग्वार खोलामा बाढी आउँदा घोराही–तुलसीपुर सडक अवरुद्ध भएको छ ।खोटाङमा आमा र दुई छोराको शव भेटियोखोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखाको पहिरोमा परि हराएका तीन जनाको शव भेटिएको छ । शुक्रबार बिहान पहिरोले घर बगाउँदा हराएका २९ वर्षीया रेखा राईसँगै उहाँका ४ वर्षीय छोरा रमण र ७ महिने छोरा रोजनको शव निकालिएको प्रहरीले जनाएको छ । रेखाका श्रीमान् विष्णु भने भागेर बाँचेका प्रहरीले जनाएको छ । भोजपुरमा दुई जनाको ज्यान गयोयस्तै, पहिरोले पुरिएर भोजपुर रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका जनक विकको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै, पहिरोले घर पुर्दा काभ्रेको बनेपा नगरपालिका ३ चुनतालमा पहिरोले घर

बगाउँदा हजुरआमा गोमा दंगाल र उहाँकी नातिनीको ज्यान गएको छ । पहिरोमा परेर दुई जना घाइते भएका छन् ललितपुरको बाग्मती गाउँपालिका–२ माल्टामा पञ्चलाल जिम्माको घर पहिरोमा पुरिँदा ११ वर्षका छोरा सरोज जिम्माको ज्यान गएकोे बाग्मती गाउँपालिकाले जनाएको छ । अर्को छोराको भने उद्दार गरिएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले बताउनुभयो ।यस्तै गोठ भत्किँदा रामेछाप नगरपालिका–५, रामपुरकी पदम कुमारी सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै सिन्धुलीको फिक्कल गाँउपालिका १ महादेवडाँडाकी हेमकुमारी सुनुवारको पहिरोले बगाएर ज्यान गएको छ । बिहान गोठमा गाईबस्तुलाई कुँडो दिँदैगर्दा पहिरोले गाठ बगाउँदा सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ ।यस्तै पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ का ११ वर्षीय निखिल पटेलको बाढीमा डुबेर ज्यान गएकोे छ । सिङ्गीयाही खोलामा आएको बाढीबाट दाउरा तान्न खोज्दा उनी डुबेकाे प्रहरीले जनाएको छ । यस्तै, धादिङको गजुरी गाउँपालिका ४ बालुवाडाँडामा घर भत्किँदा कृष्णबहादुर तामाङकी ८ वर्षीया छोरी अस्मिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

Related Articles

Back to top button