समाचार

काठमाडाैं नयाँ बसपार्कमा कार्यरत तीन प्रहरी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरीवृत्त नयाँ बसपार्कमा कार्यरत प्रहरी जवानसहित तीन जनालाई रु एक लाख घुससहित पक्राउ गरेको छ ।आयोगका अनुसार प्रहरी जवानत्रय देवेन्द्र बलायर, आकाश खनाल र नेपाल प्रहरी २ नं गणमा कार्यरत नीरज भण्डारीलाई घुससहित पक्राउ गरेको हो ।सवारी दुर्घटनाको बीमा दाबी पत्र बनाइदिने भन्दै उनीहरुले सामूहिकरुपमा एक सेवाग्राहीसँग घुस मागेका थिए । उनीहरुलाई टोखा नगरपालिका– १० बाट शुक्रबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनीहरुको थप अनुसन्धान भइरहेको छ

।-प्रतिक पौडेलबुटवल, २८ असार । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको हेडबक्स नजिकै गएको पहिरोले मोटरसाईकल बगाउँदा एक जनाको मृत्यु भएको छ । तीन देखि परेको अविरल बर्षाका कारण आएको पहिरोमा परी मोटरसाईकल बगाएको हो ।पहिरोमा परि लु ५० प ४६७१ नम्बरको मोटरसाईकलका चालक पाल्पाको मित्याल गाउँपालिकाका ३१ वर्षीय धन बहादुर सुनारिको मृत्यु भएको प्रदेश नं. ५ ट्राफिक प्रहरी कार्यालयका प्रमुख मदुसुदन पन्तले जानकारी दिए ।सडक माथिबाट करिब ३० मिटर पहिरो झरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । पहिरोका कारण बुटवल–पाल्पा खण्ड अवरुद्ध छ ।

Related Articles

Back to top button