समाचार

कुवेतमा दुई महिला सहित ३ नेपाली कामदारको मृत्यु

काठमाडौँ — कुवेतको महावुल्ला–२ स्थित आप्रवासी कामदार बस्ने एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा दुई महिला सहित ३ नेपाली कामदारको ज्यान गएको छ ।त्यस भवनमा ग्यास पाइप लिक हुँदा शुक्रबार राति १० बजे आगलागी भएको थियो। नेपाली दूतावासका अनुसार मृत्यु हुने नेपालीको पहिचान हुन सकेको छैन।उनीहरुको शव फर्वानिया अस्पतालमा राखिएको छ। महावुल्ला नेपाली कामदारको बक्लो उपस्थिति रहेको क्षेत्र हो। मृत्यु हुने दुई जना घरेलु महिला कामदार हुन्।आगलागी भएको आवास कम्पनी वा पारिवारिक आवास कुन हो भनेर पहिचान भइसकेको छैन। झरी लाग्दा ट्रक सडकबाट करिब ८० मिटर तल त्रिशुली नदीमा खस्दा शनिबार बिहान बेपत्ता भएका सहचालक दाङ घोराही बस्ने २४ वर्षीय अनिल खोजी गर्ने क्रममा नदीमा मृत अवस्थामा फेलापरेका छन् । ट्रक चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापा मगरलाई उद्धार गरी उपचारको लागि सरकारी अस्पताल भरतपुरतर्फ पठाइएको छ ।

चितवन, रत्ननगर नगरपालिका(१६ खैरेटीस्थित सडकखण्डमा खेत जोतेर फर्कदै गरेको ना।७ त ४११ नम्बरको ट्याक्टर अनियन्त्रित भई खेतबाट करिब १५ मिटर तल खेतमा खस्दा गम्भीर घाइते भएका टयाक्टर चालक सोही ठाउँ बस्ने ४५ वर्षीय नारायण न्यौपानेको उपचारको लागि भरतपुरतर्फ लैजाने क्रममा शनिबार दिउँसो बाटोमै मृत्यु भएको छ ।सुनसरी, ईनरुवा नगरपालिका(३ स्थित पूर्वपश्चिम राजमार्गमा ना।५ ख ३३०९ नम्बरको ट्रकले को।५७ प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ईनरुवा(६ मधेसा बस्ने ३७ वर्षीय भोगेन्द्र घिमिरेको न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय अनिल ऋषिदेव सदाको घाइते भएकाले उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ

Related Articles

Back to top button