समाचार

पहिरोले आमा–छोरीको मृत्यु

ओखलढुङ्गा, २८ असार । पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । मोलुङ गाउँपालिका–७ पात्ले तालकोटमा आज पहिरोले घर पुरिँदा ४४ वर्षीया पुटी शेर्पा र उनकी १० वर्षिया छोरी याङजीको मृत्यु भएको हो ।घरमा बसिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोले घरसँगै आमा–छोरीलाई पुरेको वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिनुभयो । दुवैको शव स्थानीयवासीले पहिरो पन्छाएर निकालेका थिए ।यस्तै सिद्धिचरण नगरपालिका–६ जन्तरखानीमा पहिरोमा परी ४५ वर्षीया कान्छीमाया श्रेष्ठको मृत्यु भएको छ । उनी पहिरोले पुरिएकी थिइन् । जिल्लामा बाढीपहिरोबाट हालसम्म पाँच जनाको ज्यान गएको छ । बाढीले बगाएर शुक्रबार चिशङ्खुगढी गाउँपालिका–४ की ८५ वर्षीया पासाङकुटी शेर्पा र सुनकोशी गाउँपालिका–४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको मृत्यु भएको थियो । –राससकाठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । अछाम, चितवन, ललितपुर र सुनसरीमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो । अछाम, कमलवजार नगरपालिका(५ कृतिपुरस्थित सडकमा ना।३ ख ४४५२ नम्बरको ट्रकले सोही ठाउँ बस्ने भरत भण्डारीकी ४ वर्षीया छोरी अस्मिता भण्डारीलाई शुक्रबार साँझ ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।चितवन, ईच्छाकामना गाउँपालिका(५ मुग्लिङ बजारस्थित पृथ्वी राजमार्गमा ना।४ ख १७९६ नम्बरको ट्रकमा सडक माथिबाट ठूलो ढुङगा झरी

लाग्दा ट्रक सडकबाट करिब ८० मिटर तल त्रिशुली नदीमा खस्दा शनिबार बिहान बेपत्ता भएका सहचालक दाङ घोराही बस्ने २४ वर्षीय अनिल खोजी गर्ने क्रममा नदीमा मृत अवस्थामा फेला परेका छन् । ट्रक चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापा मगरलाई उद्धार गरी उपचारको लागि सरकारी अस्पताल भरतपुरतर्फ पठाइएको छ ।चितवन, रत्ननगर नगरपालिका(१६ खैरेटीस्थित सडकखण्डमा खेत जोतेर फर्कदै गरेको ना।७ त ४११ नम्बरको ट्याक्टर अनियन्त्रित भई खेतबाट करिब १५ मिटर तल खेतमा खस्दा गम्भीर घाइते भएका टयाक्टर चालक सोही ठाउँ बस्ने ४५ वर्षीय नारायण न्यौपानेको उपचारको लागि भरतपुरतर्फ लैजाने क्रममा शनिबार दिउँसो बाटोमै मृत्यु भएको छ ।सुनसरी, ईनरुवा नगरपालिका(३ स्थित पूर्वपश्चिम राजमार्गमा ना।५ ख ३३०९ नम्बरको ट्रकले को।५७ प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ईनरुवा(६ मधेसा बस्ने ३७ वर्षीय भोगेन्द्र घिमिरेको न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय अनिल ऋषिदेव सदाको घाइते भएकाले उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ

Related Articles

Back to top button