समाचार

स्कुले बालक मृत भेटिए

नुवाकोट। नुवाकोटमा एक स्कुले बालक मृत भेटिएका छन्। बेलकोटगढी नगरपालिका ८ जिलिङ घर भई देवीघाटको सहिद जगतप्रकाश जंग शाह संस्कृत माविको कक्षा ९ मा अध्ययनरत १६ वर्षीय गणेश दाहाल मृत भेटिएका हुनजिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार हराएको २७ घण्टापछि उनको शव तादी खोलामा भेटिएको हो। गाउँलेले शव देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय माधवकुमार गजुरेलले जानकारी दिए। उनको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ।सोमबार दिउँसो ४ बजेतिर बुबासँग देवीघाट बजारमा क्यारेमबोर्ड खेल्न जान्छु भनेर हिँडेका गणेश घर फर्किएका थिएनन्। बाललको हत्या गरिएको आशंका परिवारले गरेका छन्।परिवार र आफन्तले छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। बाललको मृत्यु सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिए।साउथ वेल्स — अस्ट्रेलियामा दुईसातापछि हुने आम निर्वाचनको अभियानमा रहेका प्रधानमन्त्री स्कट मरिसनका टाउकोमा अण्डा प्रहार गरिएको छ । न्यु साउथ वेल्सको अबलरीमा चुनावी अभियानका क्रममा रहेका मरिसनले महिलाहरूसँग कुरा गरिरहेका बेला एक युवतीले टाउकोमा अण्डा हानेकी हुन् । अस्ट्रेलियामा यही मे १८ मा आम निर्वाचन हुँदैछ ।सञ्चारमाध्यमद्वारा

सार्वजनिक भिडियोमा मरिसनलाई प्रहार गरिएको अण्डा नफुटी उछिट्टिएको देखिन्छ । त्यस लगतै भुईँमा खसेको अण्डा घटनास्थलमा रहेका पत्रकारले नफुटेकै अवस्थामा टिपेर देखाएका थिए ।अण्डा प्रहार गर्ने २५ वर्षीय युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । न्यु साउथ वेल्स प्रहरीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीमाथि आक्रमण गर्ने महिलालाई पक्राउ गरेको जनाएको छ ।‘प्रहरी अधिकारीले अल्बरी काउन्टीको महिला संघको कार्यक्रममा प्रधानमन्त्रीको टाउकोमा अण्डा प्रहार गर्ने महिलालाई नियन्त्रणमा लिएका छन्,’ प्रहरी प्रवक्ताले भने । प्रहरीका अनुसार प्रधानमन्त्रीको सुरक्षा टोलीले अण्डा प्रहार गरे लगत्तै युवतीलाई नियन्त्रणमा लिएका हुन् । मानुस द्वीपका शरणार्थीबारे सरकारी नीतिको विरोधमा आफूले मरिसनमाथि अण्डा प्रहार गरेको युवतीको भनाई छ ।प्रधानमन्त्री मरिसनले आफूमाथिको आक्रमण ‘कायर’ कदम भएको टिप्पणी गरेका छन् । उनले आक्रमण गर्ने युवतीलाई तत्काल नियन्त्रणमा लिएको भन्दै सुरक्षाकर्मीको प्रशंसा गरे ।विपक्षी दलका नेता बिल सर्टनले अण्डा प्रहारको निन्दा गर्दै प्रधानमन्त्रीमाथि ‘अमर्यादित व्यवहार’ गरिएको बताएका छन् ।मरिसनले घटनाका क्रममा चिप्लेर लडेकी महिलाबारे चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्रीलाई अण्डा हान्ने क्रममा अर्की महिला भुईँमा लडेकी थिइन् । ती महिला मार्गरेट बाक्स्टरले आफूलाई कुनै चोट नलागेको बताएकी छन् । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनसँग कुरा गर्दै बाक्स्टरले ‘आफ्नो केही समयअघि मात्रै पेटको अपरेसन गरेको भए पनि कुनै पीडा नभएको’ बताइन् ।मरिसन अण्डा प्रहारको सिकार हुने यसवर्षका पहिलो अस्ट्रेलियाली राजनीतिकर्मी हुन् । यसअघि गत मार्चमा सिनेटर फ्रासर एनिङलाई एक युवाले अण्डाले हानेका थिए । अण्डा प्रहार गर्ने १७ वर्षीय युवालाई प्रहरीले सचेत गरेर छाडेको थियो ।प्रकाशित : वैशाख २४, २०७६ २०:१०

Related Articles

Back to top button