समाचार

‘नेपाल भारत बाँध विप्लवले आफ्ना कार्यकर्ता लाई निर्देशन

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशभरी अविरल वर्षापछि ज्यान गुमाएका मृतकको परिवारलाई उचित राहत उपलब्ध गराउन माग गरेको छ ।नेपाल कम्युनिष्ट पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई अल्पकालीन, दिर्घकालीन, क्षतिको उचित राहत उपलब्ध गराउन र घरबास गुमेकालाई बास र रोजगारी व्यवस्था गर्न सम्बन्धि निकायसँग माग गरेको छ ।विज्ञप्तिमा प्रकृतिमाथिको अराजक, अनियन्त्रित दोहन, राज्यको पूर्व तयारीको अभाव, भारतसँग भएको असमान सन्धि सम्झौता, नेपाल भार सीमानामा बनेको बाँध, तटबन्धन र अन्तर्राष्ट्रिय कानून विपरित नेपाल भारत सीमानासँग टाँसिएर बनाइएका विशाल सडकहरु, गरिब श्रमिक जनताको जोखिमपूर्ण बसाई गर्नुपर्ने बाध्यताका कारण प्राकृतिक प्रकोपमा परी जनताले ठूलो जनधनको क्षती व्यवहोर्न परेको बताइएको छ ।यसका साथै पार्टीका महासचिव विप्लवले आफ्ना सम्पूर्ण पार्टी पंक्तिलाई राहत र उद्दारमा जुट्न निर्देशन दिएका छन् ।भरतपुर, २९ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सरकारले प्रतिबन्ध लगाएको छ ।विप्लवका कार्यकर्ताहरूले भोजपुरमा गोली हानेर एक जना प्रहरीको हत्या समेत गरिसकेका छन् । उनीहरूको अराजकता बढ्दै गइरहेको प्रहरीकै भनाइ छ ।विप्लव नेतृत्वको नेकपाले देशभरि चन्दा आतंकदेखि धम्की, जनप्रतिनिधिहरूलाई राजीनामा गर्न दवाव, गाउँपालिका र नगरपालिकामा आगजनी, बम बिष्फोट र अन्य गैरकानूनी क्रियाकलाप गर्दै आइरहेका छन् ।यस्तो अवस्थामा विप्लवका छोरा प्रकाश चन्द भने चितवनको भरतपुरमा खुलेआम गतिविधि गर्दै आएका छन् । उनी भरतपुरमा रहेको चितवन मेडिकल कलेजको होस्टेलमा बसेर आफ्नो बुबा नेतृत्वका नेकपालाई सहयोग गर्न अनेक तानाबुना बनाइरहेका छन् ।उनका बुबा विप्लव भूमिगत छन् । बुबाको कथित क्रान्तिलाई प्रकाश चन्दले खुलेआम सहयोग गर्दै आएको उनका हरेक गतिविधि र क्रियाकलापले पुष्टि गर्दै आएको छ ।विप्लवले भरतपुरस्थित चितवन मेडिकल कलेजमा छोरा प्रकाशलाई एमबीबीएस पढाएका छन् । प्रकाशको एमबीबीएसको पढाइ पनि सकिएको छ एमबीबीएस पढाइ पूरा गरेर प्रकाशले प्रशिक्षार्थी चिकित्सकका रुपमा कार्यरत छन् । उनले आफ्नो ठाउँबाट प्रतिबन्धित नेकपालाई सघाइरहेको प्रकाश चन्दका भाषण र गतिविधिहरूले देखाएको छ ।उनले एक महिना अगाडि कपिलवस्तुस्थित आफ्नै गाउँमा पुगेर स्वास्थ्य शिविर नै चलाएका छन् । चिकित्सकको आडमा प्रकाश चन्दले आफ्नो बुबाले नेतृत्व गरेको नेकपालाई सहयोग गरेर खुलेआम राज्यलाई चुनौती दिएका हुन् । विप्लव नेतृत्वको नेकपा

निकट मानिने जनस्वास्थ्यकर्मी संगठनको ब्यानरमा प्रकाश चन्दले स्वास्थ्य शिविर चलाएका थिए
।प्रकाश चन्दको यो कार्यको चितवनको प्रहरी प्रशासनलाई जानकारी छ । तर, उनलाई चितवन प्रहरीका प्रमुख एसपी दानबहादुर मल्लले नदेखेको जस्तो गरेर छुट दिएका छन् ।तत्कालीन समयमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को अंगरक्षक रहिसकेका एसपी मल्लले प्रकाश चन्दका गतिविधिलाई किन छुट दिइरहेका छन् भनेर धेरैले प्रश्न उठाएका छन् ।प्रकश चन्दलाई चितवनका मेडिकल कलेजहरूले पनि औषधि लगायत आर्थिक र भौतिक सहयोग गरेर साथ दिँदै आएका छन् । विप्लव निकटको स्वास्थ्यकर्मीहरूको ब्यानरमा प्रकाश चन्दद्वारा कपिलवस्तुमा गरिएको स्वास्थ्य शिविरको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजलगायतले आर्थिक, भौतिक र औषधिहरूमा सहयोग गरेका थिए ।औषधि व्यवसायीहरूसँग पनि प्रकाश चन्दले त्यति बेला मोटो रकम चन्द उठाएका थिए । अहिले पनि प्रकाश चन्दले चितवनमा चन्दा आतंकलाई बढाउँदै लगेका छन् । स्रोतका अनुसार प्रकाश चन्दको यो गतिविधिलाई माओवादी पृष्ठभूमि भएका नेताहरूले नै संरक्षण गरेको आरोप लागेको छ ।केही दिन अगाडि पार्टीनिकट जनस्वास्थ्यकर्मी संगठनले गरेको कार्यक्रममा प्रकाश चन्दले भनेका छन्, ‘नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि सरकारले आग्रह पालेको छ । उ दमनमा उत्रिएको छ ।’सच्चा देशभक्तहरूलाई हतोत्साहित र निराश पार्न अनेक अस्त्र प्रयोग गरिरहेको छ’, प्रकाशले भनेका छन्, ‘असार ५ गतेमात्रै सर्लाहीका हाम्रा जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्या गरिएको छ । गौंडामा ढुकेर नियन्त्रणमा लिएको प्रहरीले विभत्स हत्या गरेको छ । र, भनिँदै छ, मुठभेडका क्रममा कुमार पौडेलको मृत्यु भयो ।’उनले चेतावनीयुक्त शैलीमा भनेका छन्, ‘यो सरासर झूट हो । यो श्रृंखला यतिमै सीमित छैन । त्योभन्दा अगाडि भोजपुरमा पनि यसैगरी हाम्रो पार्टीका कमरेडमाथि गोली दागिएको छ ।’क्रान्ति, परिवर्तन र सुशासनको कुरा गर्दा कैयनलाई जेलको कोठरीमा थुनेर दबाउने निर्लज्जता सरकारले प्रहसन गरेको छ’, उनले भनेका छन्, ‘यसको जति नै आलोचना र भर्त्सना गरे पनि अधुरो र

अपूरो नै हुन्छ ।’‘दमन गरेपछि विप्लव समूह दूला पस्छन् भन्ने भ्रम सरकारमा छ । म यहीबाट सरकारलाई भन्न चाहन्छु– एक–एक गोली र रगतको बदला लिएर हामी देखाउँछौं’, प्रकाश चन्दले भनेका छन्, ‘भावना बहकिएर आक्रोसमा ल्याउन म यस्तो भनिरहेको छैन । सबै प्रष्ट भए हुन्छ– हामी न्याय र मुक्तिका लागि जस्तोसुकै कठोर कदम चाल्न पनि तयार छौं ।’‘सहरमा जतिसुकै ठूला संघर्ष गरे पनि, त्यहाँका मालिकसँग संघर्ष परे पनि, नटराजसँग जतिधेरै लड्नु परे पनि गाउँलाई हामी कहिल्यै बिर्सने छैनौं’, उनले भनेका छन्, ‘घाइते, बेपत्ता र शहीदहरूले रगतका थोपा–थोपा बगाएर हामीलाई यो स्थानसम्म पु¥याउनु भएको छ । यो गुनलाई पनि हामीले बिर्सने छैनौं । बरु आत्मसाथ गरेर लक्ष्य प्राप्तिको यात्रा अघि बढाउने छौं ।’म पेशाले चिकित्सक हुँ । केही समयअघिको एक अन्तरवार्तामा मैले प्रष्ट रुपमा मेरो लक्ष्य के हो भनेर प्रष्ट पारिसकेको छु । र, फेरि पनि भन्न चाहन्छु– मेरो ९५ प्रतिशत तन, मन, देन यो क्रान्तिलाई पूरा गर्नेमै केन्द्रित हुनेछ’, उनले भनेका छन्, ‘अब हुने मुठभेड र संघर्षलाई सफल पार्नमा जस्तोसुकै अवरोध आए पनि त्यसलाई छिचोल्न खर्चने छु । रह्यो बाँकी ५ प्रतिशत समय ।’प्रकाश चन्दले भनेका छन्, ‘यो समय भने आफ्नो प्रोफेसनमा बिताउने प्रण आम नेपालीसमक्ष गर्दछु । म मात्रै होइन, नेकपानिकट जनस्वास्थ्यकर्मी संगठनको बटमलाइन पनि यही हो ।’‘हामीले अहिलेको मुर्दा शान्तिभन्दा पृथक किसिमको समाज र राज्य चाहेका छौं । परिवर्तन चाहेका छौं । हामी सहरमा होइन, गाउँमा फर्कन चाहेका छौं’, उनले भनेका छन्, ‘सहरको रमझममा भुलेर जनताको दुःख हामी कहिल्यै बिर्सने छैनौं । जनताको बीचमा आएर आधारभूत आवश्यकता पूर्तिका लागि हामी स्वास्थ्य शिविर मात्रै होइन, प¥यो भने बलिदान दिन पनि तयार छौं । यो हाम्रो क्रान्तिकारी स्पिरिट हो । यसमा कहीँकतै दायाँ–बायाँ हुनेछैन । तलमाथि हुनेछैन ।’

Related Articles

Back to top button