समाचार

गाउँ गाउँमा हतियार सहित प्रहरी सर्च अप्रेसन फेरि पनि युद्ध

काठमाडौं । विप्लव नेतृत्व्को नेकपाले केहीदिन यता रोल्पामा गृह प्रशासनले आफ्ना पार्टीका नेताकार्यकर्ता खोज्ने नाममा सर्च अप्रेसनलाई व्यापक बनाएको बताएको छ ।

नेकपाका राप्ती ब्युरो इन्चार्जको घर भावाङदेखि युवा, विद्यार्थी संगठनका जिल्ला अध्यक्षहरुको घरलगायत रोल्पा परिवर्तन गाउँपालिकाको राङकोटक गाउँमासमेत लगातार प्रहरीले ३ दिन खानतलासी गरेर स्थानीयहरुलाई त्रसित बनाएको नेकपाले आरोप छ ।

त्यस्तै गंगादेव गाउँपालिका लगायत रोल्पा जिल्लाका विभिन्न ठाउँका गाउँगाउँमा नेकपाका स्थानीय नेताकार्यकर्ताहरूको घरघरमा र गंगादेव गाउँपालिकाकै पाखापानीमा शिक्षकहरुलाई सोधपुछ गर्न विद्यालयमासमेत सर्च अप्रेसन गरेर विद्यार्थी र जनतामा आतंक सिर्जना नेकपाले जनाएको छ।

यसरी रोल्पा जिल्लाका विभिन्न गाउँगाउँमा, घरघरमा हतियारसहित सर्च अप्रेसन गर्दा रोल्पाका जनताहरु फेरि पनि राज्यले युद्ध थोपर्न लागेको त होइन भन्ने शंका गर्न थालिसकेको नेताहरुको भनाई छ ।

Related Articles

Back to top button