अन्तर्राष्ट्रिय

कतार बाट आयो खुसीको खबर

दिउँसोकाे घाममा काम लगाउने कतारका ९७ वटा कम्पनी कारवाहीमा परेका छन् । यहाँको, प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले निरीक्षण गर्दा निषेधित समयमा कामदारलाई काममा लगाएको पाइएपछि ती कम्पनीहरू कारवाहीमा परेका हुन् ।

कतार सरकारको नियमअनुसार जुन १५ देखि अगष्ट ३१ तारिखसम्म मध्यान्हको समयमा अत्याधिक गर्मी हुने भएकोले बाहिर काममा लगाउन पाइँदैन् ।
कारवाहीमा परेका कम्पनीहरूलाई अबदेखि निषेधित समयमा काममा नलगाउन चेतावनी दिँदै ३ दिन काम रोक्नुपर्ने सजाय दिइएको कतार न्युज एजेन्सीले जनाएको छ ।

कतारमा करिव ५ लाख नेपाली कार्यरत छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएका छन् ।

Related Articles

Back to top button