समाचार

काठमाडौंबाट नारायणगढ तर्फ गइरहेको बस दुर्घटना

काठमाडौं । काठमाडौंबाट नारायणगढ तर्फ गइरहेको माईक्रोबस दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । सोमबार अपरान्ह काठमाडौंबाट छुटेको माइक्रोबस चितवनको भरतपुर महानगरपलिका १ को आपटारीमा दुर्घटना भएको हो ।माईक्रोबस सडकबाट केही पर पुगेर पल्टिीएको चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले बताएका छन् । दुर्घटनामा परेर घाइते हुनेहरूमा काठमाडौं महानगरपालिका ३१ का ८१ वर्षीय कृष्ण रिमाल, ३० वर्षीय सन्दिप न्यौपाने, २८ वर्षीया मीना तिमल्सिना, भरतपुर महानगरपालिका ७ का ३३ वर्षीय विकास आलेमगर, बारा निजगढ नगरपालिका ६ का २१ वर्षीय अनिष राउत, सोही स्थानका २१ वर्षीया अनु राउत र चितवन रत्ननगर नगरपालिका २ का २५ वर्षीय रञ्जना तिमल्सिना रहेका छन् । उनीहरुकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।घाइते मध्ये रञ्जना तिमल्सिनाको अवस्था गम्भीर रहेका प्रहरीले जनाएको छ । माईक्रोबसमा १० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटना के कारणले भयो भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।काठमाडाैँ, ३० असार । प्रहरीले काठमाडाैँको नयाँ बसपार्कबाट पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट खटिएको टाेलीले आइतबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका-४ चौघडाका २९ बर्षिय प्रितम राई, ३७ बर्षिय रामकुमार राई र भारत दार्जिलिङ घर भई काठमाडाैँ टोखा बस्ने ३६ बर्षिय सविन खवास छन् ।उनीहरूको साथबाट Barat Made in Italy लेखिएको अटोमेटीक पेस्तोल एक थान र पेस्तोलमा लाग्ने गोली ५ राउण्ड बरामद गरेको छ । यस्तै, २२० सीसीको बा. ६७ प. २६६६ र बा. ९९ प. १३०३ नम्बरको दुई थान मोटरसाईकल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपाेखरीले जनाएको छ ।काठमाडौं । रुपन्देहीमा प्रहरीमाथि हातपात गर्ने ४ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मगरघाटस्थित तिनाउखोलाबाट पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ वर्षीय रोधन थापा, १८ वर्षीय आयुष थापा, १८ वर्षीय विवेक बिक र १८ वर्षीय सन्दिप बिक रहेका छन्।तिनाउखोलामा बालुवा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी सो ठाउँमा पुग्दा करिब ५ जनाको समूहमा बसेका व्यक्तिहरुले एक्कासी प्रहरीमाथि हातपात गरी प्रहरीको मोबाइलसमेत खोसी भाग्न खोजेका थिए।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Related Articles

Back to top button