खाडीदेश बसेर नेपालमा रहेकी एक युवतीलाई नराम्रा म्यासेज गर्ने युवक नेपाल आउने बित्तिकै पक्राउ !
कतारमा बसेर नेपालमा रहेकी एक युवतीलाई नराम्रा म्यासेज गर्ने युवक नेपाल आउने बित्तिकै पक्राउ ! काठमाडौं। विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुर मुद्दामा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएका फरार प्रतिवादी गोरखा साविक मानवु-५ माझगाँउवेशी बस्ने २४ वर्षीय सुरेश गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।इन्टरपोल दोहा कतारको बोर्डर इम्मीग्रेसेन रेकर्ड अनुसार निज प्रतिवादी सुरेश कतारमा रहेको र त्यहाँबाट असार २६ गते नेपाल प्रवेश गरेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं गोंगबु मित्रनगरमा फेला पारी उनलाई पक्राउ गरेको हो ।
गुरुङ थरकी महिलालाई सुरेशले विभिन्न नराम्रा म्यासेज लेखी पठाएकोमा त्यस्तो नगर्न उनका आफन्तले अनुरोध गर्दा अनुरोध गर्ने व्यक्तिलाई समेत इमो मार्फत नराम्रा शब्द लेखी, धम्की समेत दिई प्रतिष्ठामा आँच आउने काम गरेकोले पीडितले सुरेश विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्धामा
गत वैशाख ८ गते महानगरीय अपराध महाशाखा टेकुमा जाहेरी दिएका थिए ।उक्त जाहेरीको आधारमा फरार प्रतिवादी सुरेश विरुद्ध महानगरीय प्रहरी परिसर टेकुको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवालयलाई डिफ्युजन जारी गर्न अनुरोध गरेपछि उनी उपर गत जेठ १७ गते डिफ्युजन जारी भएको थियो।गुन्डा नाइके’ लामा पक्राउकाठमाडौंबाट छुटेको माइक्रो चितवनमा दुर्घटना३१ असार, काठमाडौं । मानव तस्करको जालमा परी लिबियामा अलपत्र परेपछि ११ असारमा उद्धार भएर फर्केका आठैजना त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अध्यागमनमा एजेन्टले मिलाइदिएको ‘सेटिङ’ बाट उडेको तथ्य खुलेको छ ।सबै दुबईको भिजिट भिसामा प्रस्थान अनुमतिको छाप लगाएर उडेका थिए । मानव बेचबिखनको गिरोहका कारण भिजिट भिसामा
खाडीका देश जान सरकारले कडाइ गरे पनि उनीहरू एजेन्टले भनेअनुसार तोकिएकै अध्यागमन डेस्कमा लाइन लागेर सजिलै दुबई उडेका थिए । यसरी सेटिङमा दुबई उडेकामध्ये धेरैजसो यसअघि कहिल्यै विदेश नगएकाहरू छन् ।चितवन माडीका सञ्जय अधिकारीले आफूलाई एजेन्टले एउटा काउन्टरमा भनेअनुसार गरेको बताए । ‘एजेन्टले तोकेको काउन्टरमा गएँ । मलाई केही पनि सोधेनन्,’ उनले भने, ‘पासपोर्टमा सजिलै छाप लगाइदिए, अनि म अगाडि बढेँ ।’ दुबई बस्ने सतिश घिमिरेलाई ५ लाख बुझाएपछि उनी काठमाडौंबाट भिजिट भिसामा दुबई र त्यहाँबाट लिबिया पुगेका थिए ।
घिमिरेले काठमाडौंमा रहेका एजेन्ट लोकमान राईलाई सम्पर्क गराइदिएको र विमानस्थल अध्यागमनको सबै सेटिङ राईले नै मिलाइदिएको अधिकारीले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।