समाचार

चिप्लिएर बस दुर्घटना शिशु सहित १३ को मृत्यु

तेहरान / इरानको मध्य क्षेत्रमा मङ्गलबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा तीन बालबालिकासहित १३ इरानीको मृत्यु भएको इरानी प्रहरीलाईउद्धृत गरी राज्य सञ्चालित समाचार संस्था (आईआरएनए) ले जनाएको छ ।सन् १९७० ताका बनेको मर्सेडिज बेन्ज कम्पनीको मिनीबस आइसाफान प्रान्तको ओरालो सडकमा गुडिरहेका समय चिप्लिएर खोल्सामा खसेको र घटनामा गाडीमा रहेका तीन शिशुसहित १३ जनाको मृत्यु भएको खान्सार शहरका प्रशासक मन्सूर कामालीले बताउनुभयो ।इरानी सडकहरूको सामान्य राम्रो अवस्थाका वाबजूद पनि सडक दुर्घटनामा धेरै नागरिक गुमाउने मुलुकहरूको सूचीमा इरान रहेको छ ।इरानमा हुने सडक दुर्घटनामा पूराना गाडीको प्रयोग दुरावस्थामा रहेका गाडी र चालकको लापर्बाही नै मुख्यरूपमा जिम्मेवार रहने गरेको बताइने गर्छ

गाउँपालिका ६ भदौरेमा घाँस काट्न जाँदा भीरबाट लडेर एक युवतीको ज्यान गएको हो । भदौरेको अन्तरेटोलकी १९ वर्षीया कविता मगरको भीरबाट लडेर मृत्यु भएको इन्स्पेक्टर राजीव श्रेष्ठले जानकारी दिनुभयो । लडेर मृत्यु भएको अवस्थामा कविताको लास फेला परेको उहाँले जानकारी दिनुभयो । मृतकको लास पोस्टमार्टमका लागि रुम्जाटार अस्पताल पठाइएको छ ओखलढुंगाका ग्रामीण भेगमा घाँस काट्ने क्रममा भीरबाट लडेर हरेक वर्ष दर्जनबढीले ज्यान गुमाउने गरेको छन् ।किभ । युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई–२ हेलिकप्टर आइतबार दुर्घटना हुँदा हेलिकप्टरका पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ।युक्रेन सरकारले उक्त घटनाको अनुसन्धान अघि बढाएको छ। प्रहरी प्रवक्ता इल्भिरा बिगानोभालेदुर्घटनाको कारण अझै खुल्नबाँकी रहेको जानकारी दिए।उक्त हेलिकप्टर जमिनमा औषधि छर्नेक्रममा दुर्घटनाग्रस्त भएको थियो। यसै महिनाको शुरुमा पनि एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक व्यक्ति घाइते भएका थिए।

Related Articles

Back to top button