समाचार

यात्रुले खचाखच भरीएको बस दुर्घटना

काठमाडौं । यात्रुले खचाखच भरीएको बस दुर्घटनामा परेको छ । कैलालीको मध्यवर्ती बर्गगोरिया गाउँपालिका वडा नम्बर ४ मुढामा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।महेन्द्रनगरबाटबुटवलतर्फ आउँदै गरेको ना ६ ख ७१६७ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार बसको टायरको रड भाच्चिँएर अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।घाइते यात्रुको घोडाघोडी अस्पताल सुख्खडमा उपचार भइरहेको इलाका प्रहरी निरीक्षक जोशीले बताउनुभयो । बसमा ३० जना यात्रु सवार रहेका थिए । वर्षायामसँगै ठाउँठाउँमा सडक भत्केका कारण पनि दुर्घटनाहरु बढ्दै गइरहेका छन्काठमाडौं । भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । ओखलढुंगाको चिसंखुगढी

गाउँपालिका ६ भदौरेमा घाँस काट्न जाँदा भीरबाट लडेर एक युवतीको ज्यान गएको हो । भदौरेको अन्तरेटोलकी १९ वर्षीया कविता मगरको भीरबाट लडेर मृत्यु भएको इन्स्पेक्टर राजीव श्रेष्ठले जानकारी दिनुभयो । लडेर मृत्यु भएको अवस्थामा कविताको लास फेला परेको उहाँले जानकारी दिनुभयो । मृतकको लास पोस्टमार्टमका लागि रुम्जाटार अस्पताल पठाइएको छ ओखलढुंगाका ग्रामीण भेगमा घाँस काट्ने क्रममा भीरबाट लडेर हरेक वर्ष दर्जनबढीले ज्यान गुमाउने गरेको छन् ।किभ । युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई–२ हेलिकप्टर आइतबार दुर्घटना हुँदा हेलिकप्टरका पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ।युक्रेन सरकारले उक्त घटनाको अनुसन्धान अघि बढाएको छ। प्रहरी प्रवक्ता इल्भिरा बिगानोभालेदुर्घटनाको कारण अझै खुल्नबाँकी रहेको जानकारी दिए।उक्त हेलिकप्टर जमिनमा औषधि छर्नेक्रममा दुर्घटनाग्रस्त भएको थियो। यसै महिनाको शुरुमा पनि एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक व्यक्ति घाइते भएका थिए।

Related Articles

Back to top button