समाचार

घाँस काट्न गएकी १९ वर्षीया कविता को

काठमाडौं । भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ६ भदौरेमा घाँस काट्न जाँदा भीरबाट लडेर एक युवतीको ज्यान गएको हो । भदौरेको अन्तरेटोलकी १९ वर्षीया कविता मगरको भीरबाट लडेर मृत्यु भएको इन्स्पेक्टर राजीव श्रेष्ठले जानकारी दिनुभयो । लडेर मृत्यु भएको अवस्थामा कविताको लास फेला परेको उहाँले जानकारी दिनुभयो । मृतकको लास पोस्टमार्टमका लागि रुम्जाटार अस्पताल पठाइएको छ । ओखलढुंगाका ग्रामीण भेगमा घाँस काट्ने क्रममा भीरबाट लडेर हरेक वर्ष दर्जनबढीले ज्यान गुमाउने गरेको छन् ।

छविराज र शिल्पाको घरमा आगो लाग्नुको कारण यस्तो रहेछ : प्रहरी अगाडी ओकले सत्य

काठमाडौ । सुरुवात देखि नै चर्चामा रहँदै आएका निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरलबीच आज टेकु परिसरमा सहमति भएको छ । केही दिन पहिले पतिले हानेर कानको जाली नै फुटाएको भन्दै शिल्पा प्रहरीको शरणमा पुगेकी थिईन । शिल्पाले घरेलु हिंसा भएको भन्दै काठमाडौं प्रहरी परिसरमा पति छविराज ओझा विरुद्ध उजुरी गरेकी थिइन् ।

Related Articles

Back to top button