समाचार

छविराज ओझासँग बिहे गरेको थिइँन

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले आफ्नो पहिलो बिहे नै फिल्म निर्माता छविराज ओझासँग भएको दाबी गरेकी छन् ।ओझाले एउटा अन्तरवार्ताका क्रममा आफ्नो चौथो बिहे पोखरेल भए पनि आफू पनि उनको दोस्रो बिहे भएको बताएका थिए । उनले अझ, पहिलो बिहे भएको पोखरेल आफैंले पनि स्वीकारेको दाबी गरेका थिए ।ओझाको उक्त दाबीको खण्डन गर्दै पोखरेलले एउटा अन्तरवार्तामा भनेकी छन्,‘मेरो अर्को केटासँग पहिला अफेयर भएको हो तर बिहे गरेको होइन । मेरो पहिलो बिहे नै छविराज ओझासँग भएको हो ।’उनले मिडियामा आएर झूठो कुरा नबोल्न सुझाव दिँदै ओझालाई भनेकी छन्,‘बरु नबोल्नुस् मलाई पनि बोल्न बाध्य नबनाउनुस् ।’तेहरान / इरानको मध्य क्षेत्रमा मङ्गलबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा तीन

बालबालिकासहित १३ इरानीको मृत्यु भएको इरानी प्रहरीलाईउद्धृत गरी राज्य सञ्चालित समाचार संस्था (आईआरएनए) ले जनाएको छ ।सन् १९७० ताका बनेको मर्सेडिज बेन्ज कम्पनीको मिनीबस आइसाफान प्रान्तको ओरालो सडकमा गुडिरहेका समय चिप्लिएर खोल्सामा खसेको र घटनामा गाडीमा रहेका तीन शिशुसहित १३ जनाको मृत्यु भएको खान्सार शहरका प्रशासक मन्सूर कामालीले बताउनुभयो ।इरानी सडकहरूको सामान्य राम्रो अवस्थाका वाबजूद पनि सडक दुर्घटनामा धेरै नागरिक गुमाउने मुलुकहरूको सूचीमा इरान रहेको छ ।इरानमा हुने सडक दुर्घटनामा पूराना गाडीको प्रयोग दुरावस्थामा रहेका गाडी र चालकको लापर्बाही नै मुख्यरूपमा जिम्मेवार रहने गरेको बताइने गर्छ । एएफपी

Related Articles

Back to top button