समाचार

भगवानको कस्तो लेखान्त एकै चितामा श्रीमान श्रीमती

सुनसरी : इटहरीमा श्रीमान श्रीमतीको एकै दिन मृत्यु भएको छ। श्रीमतीको मृत्यु भएको एक घण्टाको अन्तरमा श्रीमानको पनि मृत्यु भएको हो। इटहरी उपमहानगरपालिका–१३ खनारकी ७८ वर्षीया नर्बदा भट्टराईकोे मंगलबार साँझ पौने ७ बजे मृत्यु भएको थियो। उनको मृत्युको शोकमा परेका उनका पति ८६ वर्षीय टीकाप्रसाद भट्टराईको पनि एक घण्टापछि हृदयघात कारण मृत्यु भएको आफन्तले बताएका छन। श्रीमान श्रीमतीको एकै दिन दुई जनाको मृत्यु भएपछि स्थानीयले ‘मृत्यु राम्रो’ भएको भन्दै शवलाई नगरपरिक्रमा समेत गराएका छन्। स्थानीयले खनारदेखि नगर परिक्रममा गराउँदै इटहरी–४ स्थित बुढीखोलाको दाहसंकार स्थलसम्म दुवै शवलाई एकै चितामा दाहसंस्कार गरेको छन्। श्रीमान श्रीमतीको एकै दिन दुई जनाको मृत्यु भएपछि स्थानीयले ‘मृत्यु राम्रो’ भएको भन्दै शवलाई नगरपरिक्रमा समेत गराएका छन्। स्थानीयले खनारदेखि नगर परिक्रममा गराउँदै इटहरी–४ स्थित बुढीखोलाको दाहसंकार स्थलसम्म दुवै शवलाई एकै चितामा दाहसंस्कार गरेको छन्। तेहरान / इरानको मध्य क्षेत्रमा मङ्गलबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा तीन बालबालिकासहित १३ इरानीको मृत्यु भएको इरानी प्रहरीलाई उद्धृत गरी राज्य सञ्चालित समाचार संस्था (आईआरएनए) ले जनाएको छसन् १९७० ताका बनेको मर्सेडिज बेन्ज
कम्पनीको मिनीबस आइसाफान प्रान्तको ओरालो सडकमा गुडिरहेका समय चिप्लिएर खोल्सामा खसेको र घटनामा गाडीमा रहेका तीन शिशुसहित १३ जनाको

मृत्यु भएको खान्सार शहरका प्रशासक मन्सूर कामालीले बताउनुभयोइरानी सडकहरूको सामान्य राम्रो अवस्थाका वाबजूद पनि सडक दुर्घटनामा धेरै नागरिक गुमाउने मुलुकहरूको सूचीमा इरान रहेको छ ।इरानमा हुने सडक दुर्घटनामा पूराना गाडीको प्रयोग तथा दुरावस्थामा रहेका गाडी र चालकको लापर्बाही नै मुख्यरूपमा जिम्मेवार रहने गरेको बताइने गर्छ । एएफपीकाठमाडौं । यात्रुले खचाखच भरीएको बस दुर्घटनामा परेको छ । कैलालीको मध्यवर्ती बर्गगोरिया गाउँपालिका वडा नम्बर ४ मुढामा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । महेन्द्रनगरबाट बुटवलतर्फ आउँदै गरेको ना ६ ख ७१६७ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार बसको टायरको रड भाच्चिँएर अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।घाइते यात्रुको घोडाघोडी अस्पताल सुख्खडमा उपचार भइरहेको इलाका प्रहरी निरीक्षक जोशीले बताउनुभयो । बसमा ३० जना यात्रु सवार रहेका थिए । वर्षायामसँगै ठाउँठाउँमा सडक भत्केका कारण पनि दुर्घटनाहरु बढ्दै गइरहेका छन् ।किभ । युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई–२ हेलिकप्टर आइतबार दुर्घटना हुँदा हेलिकप्टरका पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ।युक्रेन सरकारले उक्त घटनाको अनुसन्धान अघि बढाएको छ। प्रहरी प्रवक्ता इल्भिरा बिगानोभालेदुर्घटनाको कारण अझै खुल्नबाँकी रहेको जानकारी दिए।उक्त हेलिकप्टर जमिनमा औषधि छर्नेक्रममा दुर्घटनाग्रस्त भएको थियो। यसै महिनाको शुरुमा पनि एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक व्यक्ति घाइते भएका थिए।

Related Articles

Back to top button