समाचार

बुहारीले सासुलाई भुइमा पछार्दा सासुको ज्यान गयो

काभ्रेपलाञ्चोक । काभ्रेको धुलिखेल नगरपालिका वडा नं १ देविटारमा सासु बुहारीको झगडामा बुहारीले सासुलाई भुइमा पछार्दा सासुको ज्यान गएको छ । मृत्यु हुनेमा ६३ वर्षीय माइलीमाया तामाङ्ग रहेकी छन् ।

मंगलवार साँझ ११ बजे सासु बुहारीको विवादको क्रममा बुहारीले सासुलाई पछार्दा सासु गम्भिर घाइते भएपछि उनलाई अस्पताल ल्याइएको थियो । बुहारीले सासुलाई भुइमा पछारेपछि सासु माइलीमायाँ तामाङ टाउको र पेटमा चोट लागेको थियो । गम्भिर घाइते उनको उपचारको लागि शीर मेमोरियल अस्पतालमा लगिएको थियो ।

मृतक माईलीमायाँको जेठी बुहारी २४ बर्षिया सुन्तली तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक लिएको घटनामा परिवारका अन्य सदस्य संलग्न रहेनरहेको सम्बन्धमा थप अनुशन्धान भैरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक निरञ्जन भट्टराइले जानकारी दिए ।

Related Articles

Back to top button