समाचार

पोखराको जंगलमा मा सन सनीपूर्ण हत्या

कास्की । कास्कीको पोखरामा सालीसँग लसपसपछि श्रीमतीको ह* त्या गरेको सनसनीपूर्ण अपराधको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका १५ कान्तिपुर चोकका रमेश नेपालीले साली अनु परियारसँग मिलेर श्रीमती लक्ष्मी परियार नेपालीको ह*त्या गरेका हुन् ।

प्रहरीको अनुसन्धानका क्रममा रमेश र साली नाता पर्ने अनु परियारसँग सम्बन्ध रहेको कुरा बाहिर ल्याएको र बदनाम भएकोले लक्ष्मीलाई मा*र्ने योजना बनाइएको खुलेको हो ।

गत असार १ गतेदेखि हराइरहेकी लक्ष्मीको पोखरा महानगरपालिका–२२ कर्कले जंगलमा असार २५ गते श* व फेला परेको थियो ।

उनको ह* त्या आरोपमा प्रहरीले ४ जनालाई विभिन्न मितिमा पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१५ कान्तीपुर चोक बस्ने ३५ वर्षीय रमेश नेपाली, पोखरा महानगरपालिका–९ महेन्द्रपुल बस्ने भोजपुर नगरपालिका–५ बैंकरोडका ३२ वर्षीय संजय शर्मा, पोखरा महानगरपालिका–८ पृथ्वीचोक बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–३ तीनघरियाका २६ वर्षीय चित रञ्जन कुमार साह र रमेशकी साली गोरखा गण्डकी गाउँपालिका–७ घ्यालचोक बस्ने १९ वर्षीया अनु परियार रहेका छन् ।

गत असार १ गतेदेखि हराइरहेकी लक्ष्मीको पोखरा महानगरपालिका–२२ कर्कले जंगलमा असार २५ गते श* व फेला परेको सम्बन्धमा मृतककै श्रीमान रमेश नेपालीको प्रत्यक्ष संलग्नतामा रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। रमेश र साली नाता पर्ने अनु परियारसँग सम्बन्ध रहेको कुरा बाहिर ल्याएको र बदनाम भएकोले लक्ष्मीलाई मा* र्ने योजना अनुसार अभियुक्तहरुको संलग्नतामा उनको हत्या गरी शव उक्त ठाउँमा फालेको प्रहरीले आफ्नो अनुसन्धानबाट खुलेको जनाएको छ ।

घटनामा संलग्न हाल नाम थर नखुलेका भारत वतन भएका ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button