श्रीमती लाई लिन आएका ज्वाइँले गरे सासूको हत्या
सन्धिखर्क : अर्घाखाँचीको सितगंगा नगरपालिकामा मदिरा पिएर मातिएका ज्वाइँले आफ्नै सासूको घाँटीमा डोरीले कसेर हत्या गरेका छन्। दाङ जिल्ला राप्ति गाउँपालिका घर भएका २९ वर्षीय वसन्त कुमालले ससुराली आएका बेला अर्घाखाँची सितगंगा ८ सातमारा बस्ने सासू ४३ वर्षीय इन्द्रा कुमालको घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीले जनाएको छ। माइतीमा रहेकी श्रीमतीलाई लिन असार २९ गते ससुराली आएका वसन्त सोमबार राति सासू र आफूसँगै बसेर मदिरा सेवन गरेका थिए। झगडा हुँदा रिसको झोकमा घाँटीमा ।
डोरीले कसेर हत्या गरेपछि भान्सा कोठामा बारेको बाँसको चिरपटमा सासूलाई झुन्डाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। प्रहरीका अनुसार सासूको हत्यापछि अभियुक्त कुमालले सासू झुन्डिएको भन्दै गाउँलेलाई बोलाएका थिए। घटनास्थलमा गाउँले आउँदा कुमाल भागेर नजिकै आफन्त कहाँ गएर बसेका थिए। उक्त विषयमा सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक गणेशबहादुर नरालको नेतृत्वमा गएको प्रहरीको टोलीले अभियुक्त कुमाललाई पक्राउ गरेको छ। प्रहरीले अभियुक्त कुमाललाई पक्राउ गरी ।
थप अनुसन्धान गरिरहेको जनाएको छट्याक्सीले ठक्कर दिएको कुरा सुनाउने बित्तिकै सीताको परिवार त्रसित बन्छ । फोन संवादकै क्रममा उनले ‘ बनेपास्थित शान्ति प्रिया अस्पतालमा मृत्यु भइसकेको’ भन्छिन् । झन निर्मलाको परिवार त्रसित हुन्छ । फेरि ती युवतीले परिवारसँग सम्पर्क हुन नसकेको कारण शव आफूले नै बुझेर दोलखाको लापिलाङ भन्ने ठाउँमा लगेर दाहसंस्कार गरेको भन्छिन् ।प्रहरीले पनि फोन गर्छ । त्यही कुरा भन्छिन् । त्यसपछि प्रहरीलाई शंका लाग्छ – अर्काकी छोरीको शव उनीहरुले कसरी बुझे ? कहाँ लगेर जलाए परिसरले त्यसपछि जिल्ला प्रहरी कार्यालय काभ्रे पुगेर ट्याक्सी दुर्घटनामा मृत्यु भए/नभएबारे बुझ्छ ।
बुझ्दा न ट्याक्सी दुर्घटनामा मृत्यु भएको पाउँछ न बनेपामा शान्ति प्रिया अस्पताल नै भेट्छ ?घटना यसरी मोडिन्छ… घटनाबारे प्रहरीले फरक तरिकाले अनुसन्धान थाल्छ । कल लोकेशनको आधारमा प्रहरीले ती युवतीलाई खोज्न सुरु गर्छ ।‘शुक्रबार साँझ ती युवती कोटेश्वर चोकमा हिँडिरहेको पाइयो,’ परिसरका प्रवक्ता बोगटीले भने, ‘तत्कालै परिसरबाट टोली खटाएर ती युवतीलाई पक्राउ गर्यौं ।’बाबुलाई देखाउँदा आफ्नै छोरी : सीताको परिवारलाई छोरीको दुर्घटनामा मृत्यु भयो भनेर बताउने ती युवती पक्राउ गरिसके पछि प्रहरीले निर्मलाको बाबुलाई परिसर बोलाउँछ ।
परिसर आएर बाबुले हेर्दा ती युवती आफ्नै छोरी हुन्छिन् । फोनमा उनले आवाज परिवर्तन गरेर बोल्ने गरेको डीएसपी बोगटीले बताए । निर्मला कोटेश्वमा कोठा भाडा लिई एक रेष्टुरेन्टमा काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । निर्मलाले आफ्नै परिवारलाई मरेको भनेर किन भनिन् भन्ने